219 जना ले पढेको
मेयर जयसवालद्वारा शिवनगर धाममा भक्ती रस साँस्कृतिक कार्यक्रमको उद्घाटन

रौतहट साउन ०२ । रौतहट जिल्लाको शिवनगर धाममा भक्ति रस साँस्कृतिक कार्यक्रम सुरु भएको छ । जिल्लाको पावन धर्ति तथा एतिहासिक धार्मिक नगरी शिवनगरधाममा सावनको पावन अवसरमा नेपाल संगित कला केन्द्र गरुडा रौतहटका अध्यक्ष बृजकिशोर सहनीको अध्यक्षतामा तथा गरुडा नगरपालिकाको सहयोगमा सरसफाई सम्बन्धी भक्ति रस साँस्कृतिक कार्यक्रम सुरु गरिएको छ ।
सरसफाई सम्बन्धी भक्ति रस साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथि गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि गरुडा नगरपालिकाको नियमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादब रहनु भएको थियो ।कार्यक्रमको प्रमुख अतिथि रहनु भएका नगर प्रमुख जयसवालले अगरबति बालि शिवको पुजा गरि कार्यक्रमलाई उद्धघाटन गर्नु भएको थियो ।
भक्ति रस साँस्कृतिक कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जयसवालले नङ्ग र मासुको सम्बन्ध झै मानिसको लागी संगित पनि एक अङ्ग जस्तै रहेको बताउनु भयो । सावनको पावन महिनाको पहिलो सोमबारी पर्वमा नेपाल संगित कला केन्द्रले श्रदालु भक्त जन महिला दिदि बहिनीहरुको मनोरञ्जनको लागी धार्मिक गित संगितको सुरु गर्नु भएकोमा हृदय देखि धन्यबाद दिनु भएको थियो ।
संगित एउटा कला हो यो संगित माँ सारदेको कृपा जुन मानिसमा पर्छ त्यो मानिस संसारको सबभन्दा बृद्धिमान हुन्छ । संगित एउटा यस्तो चिज हो जुन खसेको मानिसलाई उठाउने काम गरिन्छ । त्यस कारण संगित र कलाकारितासंग जुडेका मानिस छन त्यसता ब्यतिलाई अगाडी बढनको लागी सकेसम्म सहयोग गर्ने बिश्वास दिलाउनु भयो । यो कार्यक्रम सावन महिनासम्म चल्ने बताउदै कार्यक्रमको प्रगति उन्नति होस भनि शुभकमना समेत दिनु भएको थियो ।
त्यसतै कार्यक्रमको छोटो मन्तब्य राख्दै गरुडा नगरपालिकाको नियमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादबले संगितको प्रशंसा गदै सोमबारी गर्ने श्रदालु दिदिबहिनीको कमना पुरा होस भनि भन्दै यो कार्यक्रम पुर्णरुपले सफल होस भनि शुभकमना दिनु भएको थियो ।