465 जना ले पढेको
रौतहटमा बजाजको माईलेज कन्टेस्ट प्रतियोगिता सम्पन्न

रौतहट साउन ०५ । रौतहट जिल्लाको गरुडामा बजाज माईलेज कन्टेस्ट सम्पन्न भएको छ ।रौतहट जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिका अन्तर्गत पर्ने जिल्लाको शान तथा धरोहरको रुपमा चिरपरिचित श्री राम सुगर मिल्स लि.मि महम्मदपुरको प्राङ्गणमा बजाज प्लाटिना माईलेज कन्टेस्ट प्रतियोगिताको बजाज कम्पनिले आयोजना गरिएको थियो ।
बजाज कम्पनीले आयोजना गरिएको बजाज प्लाटिना माईलेज कन्टेस्टको प्रमुख अतिथि गरुडा नगरपालिकाको लोकप्रिय नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो भने बिशिष्ट अतिथि नगरपालिकाको नियमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादब रहनु भएको थियो ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि तथा गरुडाका क्षेत्रको डिलर अर्किड्स मोटर्स प्रा.लिको संयुत आयोजना गरिएको प्रतियोगिताको गरुडाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले फिता काटि उद्धघाटन गर्नु भएको थियो ।उद्धघाटन प्रश्चात बजाज प्लाटिना माईलेज कन्टेस्ट प्रतियोगिता सुरु भएको थियो ।
नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले भने हालको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको बताउनृु भएको थियो ।खाध्यान लगायत पेट्रोलियम पदार्थको चर्को मुल्य बढदा मानिसहरुलाई जिवन धान्न मुस्किल परिरहेको बताउनु भयो ।
पेट्रोल मङ्गगी हुँदा नेपाल सरकारले आलो पालो गरि सवारी साधन चलाउन लागु गरिएको थियो ।तर पनि त्यसले कुनै फरक समेत नपरेको बताउनु भयो ।सवारी साधनमा पेट्रोलको मात्रा कम गरि चलाउन बजाज कम्पनीका दमदार माईलेज भएका बजाज कम्पनिका प्लाटिना १०० सिसि भएका मोटरसाईकल बजारमा ल्याएको छ ।
उक्त मोटरसाईकलले अरु कम्पनीको मोटरसाईकलको तुलनामा सबभन्दा कम पेट्रोल खर्च हुने गरेको पाईएको छ ।त्यस कारण निर्धक भई बजाज कम्पनीको प्लाटिना १०० सिसि मोटरसाईकल किन्न आग्रह समेत गर्नु भएको थियो । हंसराज हुलासचन्द एंण्ड कम्पनि प्रा.लि.ले बिगत दुई दसक देखि नेपालमा बजाज ब्रान्डका मोटरसाईकल विक्रि वितरण गर्दै आएको छ ।
नेपालको नम्बर १ ब्रान्डको रुपमा स्थापित भएको पनि बताउनु भयो ।बजाज कम्पनीले बिहिबार गरुडाको चिनि मिलको प्राङ्गणमा आयोजना गरि बास्तविक कुरा सबै सम्क्ष साबित नै गरेको बताउनु भयो ।माईलेज कन्टेस्ट प्रतियोगितामा करिब १०१ जना सहभागिहरुले भाग लिएका थिए ।
उक्त प्रतियोगितामा भाग लिएको मध्ये ३ जना बिजय भएको थियो ।बिजय महागढिमाई नगरपालिका–१० बारा निबासि सुभाष प्रसाद साह प्रथम भएका थिए । प्रथम हुने साहलाई १०,००० (दश हजार )नगद सहित ट्रफी ,दोस्रो हुनेमा गरुडा नगरपालिकाको वार्ड नं.४ निवासि बिजय साहलाई ७,००० (सात हजार) नगद ट्रफी र तृतिय हुने गरुडा नगरपालिकाको वार्ड नं.२ गेढिगुठि निवासि श्याम सहनीलाई नगद ५००० हजार रुपैँया सहित ट्रफी नगर प्रमुख जैसवालद्धारा हस्तानन्तरण गर्नु भएको साथै बिजेता हुनेहरुलाई शुभकमना तथा बधाई समेत दिनु भएको थियो ।
उक्त बजाज माईलेज कन्टेस्ट प्रतियोगितामा गरुडा नगरपालिका अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपि बरुण सिँह ,अर्किडस मोटरसाईकल प्रा.लिका जिएम रामेश्वर घिमिरे , हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिका बिक्रि प्रबन्धक श्रीधर भण्डारी ,रिजन अफिसर सेल्स बिजय कुमार सिँह ,रिजनल अफिसर स्पेयर दुर्गा प्रसाद मैनाली ,सर्भिस ईन्जिनियर राजु प्रसाद कुश्वाहा ,आर्किडस मोटर प्रा.लिको आरएम संजय तिमिल्सिना ,जिएम समिर सापकोटा ,श्यामबाबु चौधरी, पत्रकार ,बुद्धजिबि लगायत सयकडौँ मानिसहरुको उपस्थिति रहेको थियो ।