318 जना ले पढेको
हजुरबुवाको सहयोगमा बाल बिवाह रोकेकी नाजनिस

रौतहट श्रावण ०९ । नाजनिसको बुवा शेख समिउल्लाह साउदी अरेबियामा बस्छन l एक बर्ष अघि उनि साउदी बाट घर आउदा छोरीको बिहे गरेर फेरी साउदी फर्ने सोचेका थिए l उमेरको हिसाबले भर्खर १३ बर्ष भएकी नाजनिसले बुबा घर आएपछि आमा संग मेरो बिहेको कुरा गरेको बताउछिन l तर त्यस अघि नै उनि बाल बिवाह र त्यसको प्रभाव बारे बुझीसकेको बताउदै बिहे नगर्ने अडान लिएको कथा सुनाउदै निकै उत्साहित देखिन्छ l उनले आफ्नो कथा सुनाउदै गर्दा उनकै छेउमा बसेकी स्थानिय सैरुन नेसाले नाजनिसको सशक्त र बिनम्र प्रतिकारको प्रसंसा गर्छन l नाजनिस भन्ने हासिराखेकी हुन्छन l
रौतहटकी १४ वर्षीया नाजनीस खातुनले गएको वर्ष पहिलोपटक साइकल चढ्न पाइन् ।
साइकलमा सरर कुद्न थालेपछि नाजनीस लाई खुल्ला आकाशमा उडे जस्तो लाग्यो । साइकल चढ्नु मात्र हैन, घरभन्दा टाढा विद्यालय जान पाउनु पनि उनका लागि नौलो थियो । नाजनीस साइकल चढ्न थालेपछि गाउँका अरु मान्छे अचम्म परे । उनीजस्तै छिमेका अरु किशोरीहरु उनले साइकल चलाएको हेर्न आउन थाले ।
केटीले साइकल चलाउनु नौलो र अचम्मको कुरो थियो, किनकी मुस्लिम समुदायका धेरैले छोरीलाई साइकल चलाउन दिँदैनन् । अझै मदरसा भन्दा बाहिर विद्यालय गएर पढ्न पनि उनीहरुले पाउँदैनन्।
रौतहटको गौरबाट उतार पश्चिम पर्छ राजापुर नगरपालिका । गौरबाट सपगाढा , सिसवा , भगवानपुर , पिपरा हुँदै करिब २० मिनेटको गाडी यात्रा पछि राजपुर नगरपालिकाको फतुवा पुगिन्छ । जहाँ नाजनीस खातुनको घर छ । गहुँगोरो वर्ण, सेतो रंगको कुर्ता सलवारमाथि कालो सलले टाउको छोपेको । मिजासिलो स्वाभावकी नाजनीs अहिले कक्षा ६ मा पढ्छिन् । ५ कक्षासम्म गाउँमै रहेको मदरसामा पढेकी नाजनीन कक्षा ६ मा पढ्न अर्को विद्यालय जानुपर्ने भयो ।
तर बिधालय टाढा भएकोले उनि पढाईलाई निरन्तरता दिन सकिन l अझै घरमा बिहेको कुरा समेत चलन थालेको अवस्थामा उनलाई बिधालय जान अभिवाभावकले समेत अनुमति दिएको थिएन l
‘ बुवाले बिहेको कुरा गर्दा सुरुमा मलाई अप्ठ्यारो भयो l म सिकाई केन्द्रमा बाल बिबाह र त्यसको प्रभाव बारे पहिले जानकार भैसकेकी थिए l सकभर आमालाई सम्झाउने प्रयास गरे l बुवा संग बोल्ने आट थिएन l आमा मेरो कुरा बुझेको जस्तो गर्थिन तर बुवाको अगाडि उनले पनि सहज रुपमा बोल्ने सक्ने हिम्मत गर्न सकिरहेको थिएन l मैले सिकाई केन्द्रमा भन्ने सबैले सहयोग गर्यो l आमालाई लिएर सिकाई केन्द्रमा आए l अनि बल्ल आमाले बुवालाई मनाउनु भो l नाजनीस ले भनिन् । उनले आफ्नो बिहेको लागि जम्मा गरेको रकमले बुवाले गाउमै खेत किनेको बताउदै २० बर्ष पछि मात्रै बिहे गर्ने बताइन l उनि त्यसो भनि रहदा उनि भित्रको आत्म बिस्वास झल्कि रहेको थियो l
बिहे रोक्न सहयोग गर्ने हजुरबुवा
नाजनिसको बुवा ओसी अख्तर गाउकै चौकमा सिलाई गर्नु हुन्छ l उनि इस्लामिक धर्मको बारेमा दखल समेत राख्नु हुन्छ l ओसी अख्तर आफ्नो नातिनी नाजनिस्लाई असाध्यै माया गर्नु हुन्छ l नाजनिसको बिहेको कुरा चल्दा उनको हजुरबुवा ओसी अख्तरले नाजनिसको पक्षमा बोलेका थिए l नाजनिसको बुवालाई सम्झाउन उनको पनि ठुलो योगदान रहेको स्थानिय अबदा खातुन बताउछिन l नाजनिसले पनि हजुरबुवाकै सहयोगमा आफु पुनः बिधालय भर्ना हुन् पाएको बताउछन l
नाजनीस लाई साइकल किनेर चढ्न र टाढाको बिधालयमा पढ्न जान उनकै हजुरबुवा ओसी अख्तरले अनुमति दिनुभएको हो ।
ओसी अख्तर महिला हिंसा, बालविवाह लगायत समाजमा रहेको विकृति विसङ्गतिबारे धेरै कुरा बारे बारे जानकार छन् l
‘छोरीलाई पढ्न नदिनु, साइकल चढ्न नदिनु पनि विभेद हो भन्ने थाहा थियो l मैले नातिनीको लागि साइकल किनिदिएको हुँ’ अख्तर ले गर्वका साथ भन्नुभयो ।
उहाँ भन्नुहुन्छ, ‘हाम्रो रीतिअनुसार पहिले छोरीलाई साइकल चलाएर गाउँमा हिँड्न दिइँदैन थियो । मदरसा बाहिर पढ्ने अनुमति हुदैन थियो l यसरी हिँडेमा समाजले गलत मान्थ्यो । अहिले मान्छे शिक्षित भए । छोराछोरी पनि पढाउनुपर्छ भन्ने थाहा भयो । तब छोरीलाई पनि साइकल चलाउन दिन थालेका छन् । अहिले छोरीहरू पनि साइकल चलाएर विद्यालय जान्छन् ।’
हिजोआज मुस्लिम किशोरीहरु मदरसा मात्र नभएर विद्यालय जाने क्रम बढ्दो छ । विद्यालय गाउँभन्दा टाढा हुने भएकाले हिँड्दै जान समस्या हुने भएपछि छोरीहरुले पनि साइकल चढ्न थालेको स्थानिय सम्सिदा खातुन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले त साइकल मात्र हैन । छोरीहरुले स्कुटर पनि चलाउन थालेका छन् । पहिले हामीलाई पनि थाहा थिएन । अब हामीले पनि बुझ्यौँ ।’
छोरी बिधालयमा पढ्दा आमा दङ्ग
अहिले नाजनीस जस्तै गाउँका अरु किशोरीहरुले पनि बिधालय पढ्न थालेका छन् । छोरी साइकलमा सररर हिँडेको देख्दा नाजनीस की आमा, काकीहरु पनि खुसी हुनुहुन्छ । नाजनीसकी आमा भन्नुहुन्छ, ‘छोरी पढोस्, लेखोस् आफ्नो खुट्टामा उभियोस् । '
'सुरुमा त छोरीलाई यसरी बाहिर जान दिएको गाउँमा कसैले मन पराएनन् । तर, अहिले अरुले पनि सिको गर्दैछन् । अब पहिलेको जस्तो छैन । हामी छोरीलाई पढ्न पठाउँछौँ । नराम्रो काम पो कसैले गर्नुभएन । राम्रो काम त जसले गर्दा पनि हुन्छ नि’ उनले भन्नुभयो ।
मुस्लिम समुदायमा छोरीलाई गाउँ बाहिर एक्लै गएको राम्रो मानिँदैन । विद्यालय पठाउन कतिपय परिवार सहमत हुँदैनन् । तर अहिले यसमा परिवर्तन हुन थालेको छ । छोरीहरु साइकल चढेर विद्यालयमा पढ्न जान्छन् ।
सिकाई तथा संरक्षण केन्द्रको प्रभाव
इसालिमक रिलिफ नेपालको सहयोगमा ग्रामीण विकास केन्द्र (आरडीसी)ले रौतहटको राजपुर र राजदेवी नगरपालिकामा ‘ समान र न्यायिक समाज निर्माणको लागि लैंगिक हिंशा न्यूनीकरण परियोजना ’ चलाएको छ । अभियान अन्तर्गत फतुवा महेशपुर मा सिकाई तथा संरक्षण केन्द्र सञ्चालनमा छन् ।
केन्द्रमा महिला हिंसा र बालविवाहबारे कुराकानी हुन्छ । सोहि सिकाई केन्द्रको प्रभावले सो टोलका दर्जनौ किशोरीहरु पुनः बिधालय भर्ना भएकी हुन् l