255 जना ले पढेको
फेरिदै मधेशी महिलाको दैनिकी

रौतहट श्रावण ०९ । घुन्घट लगाएकी, घरको कोठाहरुमा कैद र चुल्हो सम्मको पहुच l आम रुपमा मधेशी महिलाको पहिचान यहि रुपमा गरिन्छ l तर पछिल्लो समयमा मधेशी महिलाहरुको सो पहिचान फेरिदै गएको छ l मधेशी महिलाहरु समेत आय आर्जनका काममा सहभागी हुन् थाले पछी सो पहिचान फेरिन थालेको हो l
हरियो रंगको धारीमा रातो रंग लगाएकी गायत्री कापड हास्दै चिया पस्किदै छिन । फुसको छाना भएको उनको पसलको एक कुनामा माटोले बनेको चुल्हो, केहि दाउरा, करिब एक दर्जन सिसाको गिलास, पुराना प्लास्टिकका डिब्बाहरु र काठको पुरानो काउण्टर छ । काउण्टरमा स्थानिय स्तरमा खाजाको रुपमा खाने मुर्ही र केहि आलुहरु राखिएको छ । चुल्होमा आगो सल्किदै गर्दा उनि पसलकै अर्को कुनामा राखिएको ग्यास चुल्हो बाल्छन । उनि खाजा पकाउन तैयारी गरिरहदा केहि ग्राहक आएपछि उनि चिया पकाउन ग्यास चुल्हो बाल्छिन । पसलमा ग्राहक बस्न केहि ओटा पुरानो प्लास्टिकको कुर्सि र एउटा काठको बेञ्च बाहेक केहि छैन तर पसल नज्दिकै बनेका सार्वजनिक बजार सेटमा ग्राहकहरु वसि उनको चियाको प्रतिक्षामा हुन्छन ।
विहान ५ बजेको मिर्मिरे उज्यालोबाट नै सुरु हुन्छ गायत्रीको दिन । घरको सबै काम सकेर पसल पुग्छिन उनि । राजदेवि नगरपालिका वार्ड नम्बर ४ बस्ने गायत्री दिनभर चिया पकाउने चटारोमा व्यस्त हुन्छिन् । पसलमा हुने दौडधूप छुट्टै छ । एक्लै पसलमा हुदा चिया पकाउने देखि लिएर चिया पस्किने सम्मको जिम्मेवारी समेत उनैको हुन्छ । कहिले काही भन्ने उनकी छोरीले समेत सहयोग गर्छिन । गायत्री मुस्कुराउदै चिया पस्किन छिन तर उनको दैनिकी भन्ने सहज छैन । आफ्नै श्रीमानबाट पटक पटक हिंशा खेप्दै आएकी गायत्रीको गुजारा तिनै झुपडी भित्रको सानो पसलले हुने गरेको छ । उनि पसलमा बस्न थालेको धेरै समय भएको छैन । उनकी सासुले संचालनमा ल्याएको सो पसल केहि महिना पहिले बन्द हुने अवस्थामा पुगिसकेको थियो ।
उमेर र जाँगर तथा पारिवारिक अवस्थाले साथ् नदिए पछि त्यो पसल बन्द हुने अवस्थामा पुगेको अवस्थामा उनि पसल चलाउन थालेकी हुन् । रौतहट जिल्लामा संचालनमा रहेका सम्मान र न्यायिक समाजको लागि लैंगिक हिंशा न्यूनीकरण परियोजनाको क्रममा उनलाई होटल संचालनको लागि सहयोग पाएपछि उनि सो पसल संचालनमा ल्याएकी हुन् । उनि लैंगिक हिन्शाबाट अति पिडित भएपछी इस्लामिक रिलिफ नेृआल र ग्रामिण बिकाश केन्द्रले उनलाई सहयोग गरेको हो । हास्दै र मुस्काउदै चिया पस्किने गायत्रीको आखा आफ्नो भोगाई सुनाउदा रसाउन पुग्छन । चरम गरिबी,हिंशा र घरायसी द्वन्दबाट गुजारेको उनि बताउछन । प्रत्येक साझ रक्सिले मातिएर घर आउने श्रीमानको कुटाइ खादै आएको गायत्रीले बिस्तारै आखाको आशु सुक्न थालेको बताउछिन । “बिहानै देखि राति सम्म व्यस्त हुन्छु, केहि पैसा जम्म गर्न पनि भ्याएको छु । श्रीमानै भर पर्नु परेको छैन । “ गायत्री बताउ छिन ।
उनले बिस्तारै अप्ठ्याराहरु घट्दै गएको सुनाउदै छोरीको पढाईमा सहयोग पुगेको बताउदै गर्व गर्छिन । उनले समस्याहरुको कारण छोराहरुलाई भन्ने पढाउन नसकेको र छोराहरु कुबाटोमा लागेको भन्दै अपसोस व्यक्त गर्छिन । हात बजार लाग्ने दिन बाहेकको दिनमा उनि दैनिक २ सय देखि ३ सय सम्म आम्दानी गर्दै आएकी उनले हाट बजार लागेको र मेला लागेको दिन भन्ने १ हजार सम्म कमाउन सकेको बताउछिन । उनि दैनि केहि रुपैया बचत समेत गर्न थालेको बताउछन । तर उनि भन्ने हिसाब किताब राख्ने गरेकी छैन । उनि लेख्न पढ गर्न नसक्ने भएकोले हिसाब किताब राख्न नसकेकी हुन् । गायत्रीले संचालन गरेको पसलले दैनिक आम्दानि गर्न थाले पछि उनि आफ्नो छोरीको शिक्षालाई पनि अगाडि बढाउन थालेकी हुन् । घरायसी कलाहमै औपचारिक पढाई छोड्ने अवस्थामा पुगेकी उनको कान्छी छोरी मधु भन्ने फेरी पढाईलाई निरन्तरता दिन पाउदा खुसि छिन ।
मकबुलन खातुनको घर राजापुर नगरपालिकाको वार्ड नम्बर २ फतुवा महेशपुरमा छ l उहाँले खुद्रा पसल सुरु गर्नुभएको करिब एक वर्ष भयो । मकबुलन र उनका श्रीमान दुवै जना HIV संक्रमित हुन् l पसल संचालन गर्नु पुर्व दुबैको दैनिकी निकै कष्टपूर्ण रहेको दुवै जना स्वीकार गर्छन l बिपन्न परिवार त्यसमा पनि HIV संक्रमित भएपछी समाजले गरेको हेला सो दम्पतिलाई सहि नसक्नु रहेको मकबुलन बताउछिन l उनलाई आर्थिक रुपमा सवाल बन्नु पर्ने महसुस हुदाहुदै पनि कामको अभावमा उक्त दम्पति बिबस रहेका थिए l मकबुलानालाई पनि गायत्री जस्तै घरमै बसेर पैसा कमाउन मन लाग्यो ।उनले श्रीमानसँग कुरा राख्नुभयो । तर, श्रीमान शैलदेवीको कुरामा सहमत हुनुभएन ।
श्रीमानलाई श्रीमतीले पसल खोलेर बस्दा गाउँको मान्छेले के भन्लान, HIV संक्रमित व्यक्तिले पसल चलाउन सक्छ कि सक्दैन भन्ने डर थियो । सोहि समयमा स्थानिय स्तरमा संचालित समान र न्यायिक समाज निर्माणको लागि लैंगिक हिंशा न्यूनीकरण परियोजना अन्तर्गत उनि आवस्यक्तामा आधारित सहयोग पाउन छानिनु भयो l
उनले पसलको लागि घरकै अगाडि रहेको एक ऐलानी खालि जग्गामा सानो गुमती लिएपछि पसलको संचालनको लागि उनलाई सामाग्रीहरु हस्तान्तरण गरियो l पसल चल्दै गए ,समानहरु थपिदै गयो l श्रीमतीले पसल चलाउने तथा श्रीमानले भारतको बैरगीनिया र चैनपुरबाट सामानहरु ल्याउदै पसल संचालन गएको हो l उनले सो संगै व्यवसाय सम्बन्धी तालिम लिनुभएको थियो । अहिले उनले आफ्नो पसलमा फ्रिज समेत थपि सक्नु भएको हो l
उहाँ पसलमा बस्नेमात्र हैन, बेच्न चाहिने सामान पनि आफै ल्याउनुहुन्छ । बिस्तारै सामानको माग बढ्न थाल्यो । श्रीमतीले घरमै राखेको खुद्रा पसलबाट आम्दानी हुन थालेपछि मकबुलंका श्रीमानले फ्रिज किनेको हो l श्रीमतीले घरमै सुरु गरेको खुद्रा पसलबाट राम्रो कमाइ हुन थालेपछि अहिले शैलदेवीका श्रीमान पनि सहयोग गर्नहुन्छ ।
‘श्रीमती पसलमा बस्दा धेरैले कुरा सुनाउँथे । महिला भएर पसलमा बस्ने भन्थे, मलाई पनि राम्रो लाग्दैन थियो । तर, केही हँुदैन रहेछ । झन फाइदा हुँदो रहेछ भन्ने थाहा भयो । अहिले म पनि खुसी छु’ मकबुलानका का श्रीमानले भन्नुभयो ।उनले आफुहरु पैसा कमाउन थालेपछि रोगको तनाव पनि घट्दै गएको बताउछन l
सहयोग पाए पछि ६६ महिला व्यवसायमा
समान र न्यायिक समाज निर्माणको लागि लैंगिक हिंशा न्यूनीकरण परियोजना अन्तर्गत रौतहटको राजापुर नगरपालिका र राजदेवी नगरपालिकाका १०३ महिलाले व्यवसाय सम्बन्धी कामहरु सुरु गरेको छ l तालिम पूरा गरेका हरेक महिलाले आवस्यकता अनुसार ३० देखि ४० हजार रुपैया सम्मको आर्थिक सहयोग पाए पछि बाख्रापालन, भैसी पालन , तरकारी खेती, साना खुद्रा पसलहरु तथा सिलाइ कटाई लगायतका व्यवसाय सुरु गरेका छन् ।
पहिले घर र बारी भन्दा बाहिर नदेखेका महिलाहरु अहिले व्यवसायमा आबद्ध भएपछि समाजका मान्छेसँग बोल्न सक्ने भएका छन् । व्यवसाय सुरु गरेपछि घर खर्च चलाउनदेखि बचतसम्म गर्न पाउँदा महिलाहरु खुसी भएका छन् ।