234 जना ले पढेको
भाषण र आसवासन होईन गौर सहित रौतहटको जनताहरुले विकास चाहेको छ:- पुर्व प्रधानमन्त्री माधव नेपाल

रौतहट साउन १६ । एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव नेपालले रौतहट जिल्लामा विकासको सुनामी ल्याएर रौतहटलाई देशमै विकसित जिल्लाको रुपमा स्थापित गराउने बताएका छन् ।
रौतहटको गौर नगरपालिकामा ४० करोड भन्दा बढि रकमबाट निर्माण हुने सभाहल, विवाह मण्डप, कालो पत्रे सडक सहितका परियोजनाहरुको एक समारोहका विच सोमबार शिलान्यास गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।
पुर्व प्रधानमन्त्री नेपालले एतिहासिक जिल्लाको रुपमा स्थापित रहेका रौतहटको समग्र विकासको लागि नेकपा एकिकृत समाजवादी पार्टीले हरेक क्षेत्रमा काम गरेर यहाँको जनतालाई सुखी एवं समृद्ध बनाउने काम जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएका छन् ।
नेता नेपालले भाषण र आसवासन होईन गौर सहित रौतहटको जनताहरुले विकास चाहेको छ, जसलाई पुरा गराउन नेकपा एकिकृत समाजवादी पार्टीले योजनाबद्ध ढंगबाट दिर्घकालिन रुपमा विकासको लहर ल्याउन माष्टरप्लान सहित योजनाहरुको शिलान्यास गरेर निर्धारित समयमा पुरा गराउने तर्फ क्रियाशिल रहेको स्पष्ट पारे ।
उहाँले स्वास्थ्य क्षेत्रलाई सबल बनाई गुणस्तरिय चिकित्सा व्यवस्थापन र गुणस्तरिय शैक्षिक सुधारको योजनाहरु चाँडै संचालनमा ल्याउने बताए ।
सो समरोहमा बोल्दै शहरी विकास मन्त्री मेटमणी चौधरीले विकासको परियोजनाबाट टाढा रहेका जिल्लाहरुमा प्राथमिकताको साथ मन्त्रालयले योजनाहरुलाई लिपीबद्ध गरेर क्रमश शिलान्यासको कार्यक्रमहरु अगाडी बढाएको बताउनु भएका छन् ।मन्त्री चौधरीले यस मन्त्रालयबाट विना भेदभाव गरी आवश्यक्तालाई मध्यनजर राख्दै आम जनसमुदायको चाहना अनुसार काम गरिरहेको बताए ।
सोहि अवसरमा शहरी विकास मन्त्रलायका सचिव डा। रमेश सिंहले सभाहल, विवाह भवन, सडक, ढल निकास सहितको योजना अन्तर्गत आजै ४० करोड भन्दा बढिको योजनाहरुको विभिन्न स्थानमा शिलान्याश गरिएको बताउदै पहिला पनि गौर मात्रै शहरी विकास मन्त्रालयबाट २ अर्बको परियोजना संचालनमा रहनुका साथै समग्रमा रौतहट जिल्लामा शहरी विकासको झण्डै ५ अर्व भन्दाको योजनाहरु संचालनमा रहेको जानकारी दिए ।
निर्धारित समयमा योजनाहरु पुरा गराउने दायित्व हाम्रो मात्रै नभई तपाईहरुको पनि भएको हुँदा समय समयमा अनुगमन गरेर गुणस्तरिय कार्य गराउन समेत उनले रौतहटबासी संग आग्रह गरे ।
गौर नगरपालिकाको मेयर शम्भु साहले एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल संग रौतहट बासीको ठूलो साथ सहयोगको अपेक्षा रहेको बताएका छन् ।मेयर साहले पुर्व प्रधानमन्त्री नेपालको स्नेह र सकारात्मक सोचको कारण आज करोडौंको रकमबाट निर्माण हुने विभिन्न योजनाहरुको शिलान्यास गरिएकोले आफू निकै उत्साहित भएको बताए ।
मेयर शम्भु साहले रौतहटलाई देशमै विकासित जिल्लाको रुपमा अगाडी बढाउने र यहाँको गरिवी, अशिक्षा, वेरोजगारी दुर भई आत्मनिर्भर बनाउनमा नेता नेपालले अझ ठोस र दीर्घकालीन योजना ल्याउनु हुने विश्वास व्यक्त गरे ।
पुर्व प्रधानमन्त्री माधब नेपाल र शहरी विकास मन्त्री मेटमणी चौधरीले शहरी विकास मन्त्रालयद्धारा विनियोजन गरिएको बजेटबाट गौर नगरपालिका वडा नम्वर २ मा करिव २० करोडको लागतमा ३०० क्षमताको सभा हल (टाउन हल), वडा नम्वर ४ कविर चोकमा विवाह भवन, टिकुलिया र सिर्सिया निर्माण हुने कालोपत्रे सडकको संयुक्त रुपमा हुने शिलान्यास गर्नु भएका छन् । शिलान्यास पछि नगर बासी हर्सित भएका छन् ।
सो शिलान्यास कार्यक्रममा साँसद कल्याणी खड्का, सरला यादव, रामकुमार भटराई, डा। बंशीधर मिश्र, प्रदेश सरकारको मन्त्री नागेन्द्र यादव, प्रदेश साँसद बाबुलाल साह, राजदेवीको मेयर भिखारी राय यादव, बौधीमाईको मेयर प्रदीप यादव, वृन्दावनको मेयर विनोद पटेल, दुर्गा भगवतीको अध्यक्ष शम्भु सिंह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही सहितका स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।