401 जना ले पढेको
रेडक्रस सोसाइटी रौतहट शाखाको अध्यक्षमा राजकिशोर यादव र मन्त्रीमा धर्मेन्द्र पटेल विजयी

रौतहट श्रावण ३० । नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाको सभापतिमा राजकिशोर यादब बिजयी भएका छन । आइतबार सम्पन्न निर्वाचनमा यादब रेडक्रसको सभापतिमा निर्वाचित भएका हुन ।
यादबको बिरुद्ध निर्बतमान सभापति संजिब मल्लिक उठेका थिए । निर्वाचनमा ८० मत खसेकोमा यादबले ४८ मत ल्याएका थिए भने मल्लिकले ३२ मत मात्रै ल्याएका थिए । यादब यस अघिका उपसभापति हुन ।
यसैगरी उपसभापतिमा अनिरुद्ध महतो बिजयी भएका छन भने महिला उपसभापतिमा निलु झा बिजयी भएकी छिन । यस्तै मन्त्रीमा धर्मेन्द्र प्रसाद सिंह बिजयी भएका छन । कोषाध्यक्षमा राम अधार राय यादव ,उपमन्त्रीमा मो. हसरे आलम,उप कोषाध्यक्षमा बिरेन्द्र कुमार मिश्रा बिजयी भएका छन । महिला सदस्यहरुमा पुनम देबी,शिला कुमारी यादब र उर्मिला यादब बिजयी भएका छन ।
यस्तै खुल्ला सदस्यहरुमा राम एकवाल साह, वालकुमार प्र. जयसवाल ,तेजनारायण प्र. यादव, घनश्याम सुन्दर श्रेष्ठ, संजय कुमार यादव, शेख कलामुल्लाह र राम विलास साह कानु बिजयी भएका छन । आइतबार सबै पदमा दुइ पक्ष बिच निर्वाचन माफर्त प्रधिस्पर्धा भएको थियो ।
निर्वाचित भएपछि सभापति यादबले यो जित सबैको भएको र सबैको भाबना अनुसार काम गरेर अगाडी बढने बताउनुभएको छ ।