285 जना ले पढेको
मेयर कन्थमणीको अगुवाईमा गरुडाका सयौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश

रौतहट श्रावण २३ । रौतहट जिल्लाको सदरमुकाम गौरमा नेकपा एमाले रौतहट जिल्ला कमिटीद्वारा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रम तथा आमसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा, नेकपा एस, जसपा लगायतका विभिन्न पार्टी परित्याग गरी हजारौंको संख्यामा एमालेमा प्रवेश गरेका छन् ।
यसै क्रममा गरुडा नगरपालिकाका मेयर कन्थमणी प्रसाद जयसवालको विषेश पहलमा गरुडा नगरपालिकाको वडा न ३ बाट नेकपा एस पार्टीबाट प्रत्यासी पारस सहनीको नेतृत्वमा ननिपत सहनी, मोहन सहनी, बिनोद सहनी, ब्रज किशोर सहनी, देबेन्द्र सहनी, अछेलाल ठाकुर, बलिराम सहनी लगायत दर्जनौं नेता एवं कार्यकर्ता नेकपा एस परित्याग गरी एमाले प्रवेश गरेका छन् ।
त्यस्तै वडा न ५ बाट नेकपा एसका नेता रमाकान्त पाल, माझि महरा, छोटेलाल पाल, उपेन्द्र राम, संजय साह, रामबिर साह लगायात पार्टी परित्याग गरि पार्टीमा प्रवेश गरेका छन् ।
सोही वडा बाटै नेकपा माओवादीका नेता रामसागर ठाकुर, लक्ष्मी राम, रामबाबु साह, रामनारायण साह, श्रीनारायण साह, गजेन्द्र दास, मुकेश यादव, दशरथ यादव, राम इश्वर राम, लालबाबु जयसवाल, राम सागर जयसवाल, प्रेम जयसवाल, गीता राम, संगीता राम लगायतका कार्यकर्ताहरुले एमाले प्रवेश गरेका छन् ।
त्यस्तै गरुडा ९ बाट सरफलाल पासवान,धर्मेन्द्र पासवान, सम्भु पासवान र वडा नं. ८ बाट सेख मोहिद अहमद, मनोज मण्डल, दिलिप साह,
जामुन साह, सेख अन्जद, सेख अहमद,जोखु राम, हरिओम रौनियार, दिनेश यादव, साबिर देवान लगायत नेता तथा समाजिक अगुवा कार्यकर्ताहरु नेकपा एस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।