5276 जना ले पढेको
प्रहरीको पोसाकमा लवण्डीया नाच गर्ने सई साह कारवाहीका लागि गरुडा तानिए

५ भदाै, राैतहट । प्रहरीकाे पाेशाकमै सई राजकिशोर साह अश्लिल नाच गर्दै गरेकाे भिडियो भाइरल भएपछि उनी कार्वाहीका लागि तानिएका छन्।
रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुर चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक (सई) साह आइतबार कार्वाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा तानिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक (एसपी) बीरबहादुर बुढामगरले बताएका छन्।
एक जना प्रहरीकाे कारण पुरै संगठन बदनाम हुन दिने छैनाैं । “जसले पनि पेशा विपरीत काम गर्छ त्यो प्रहरीकाे विभागिय कार्वाहीमा पर्ने” एसपी बुढामगरले भने ।
कृष्णाष्टमीकाे अवशरमा आयाेजित भएकाे नृत्य कार्यक्रममा प्रहरीकै पाेशाक लगाएर आर्केस्टामा नाच गर्ने लवण्डीयासंग अश्लिल नृत्य गर्दैको भिडियो समाजिक सञ्जालमा भाइरल भएको थियो । नृत्यमा सई साह रक्सीमा मातिसकेको ले उनलाई प्रहरी भएकाे र पाेशाक लगाएकाे समेत अवगत रहेन् ।
जसपछि राैतहट प्रहरीकाे निकै आलाेचना भयाे । हाल उनी इलाका प्रहरी कार्यालय गरुडा तानिएका छन् ।
प्रहरीकाे मर्यादा विपरित काम गरेका सईकाे कर्तुत क्षमायाेग्य नरहेको र जिल्ला प्रहरी कार्यालय यसबारे गम्भीर रहेको प्रहरी उपरीक्षक बुढामगरले बताए।