455 जना ले पढेको
मोटरसाइकल चोरलाई समाउदै रौतहट प्रहरी, एक दिन मै दुई चोर पक्राउ गर्न सफल

रौतहट ०५ श्रावण । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा राजपुर नगरपालिका वडा नं.५ स्थित लक्ष्मिनिया टोल सडकमा यमुनामाई गाउँपालिका वडा नं.३ वस्ने बर्ष ३० को मो.सनाउल्लाहले चोरीको मोटरसाइकल चलाउदै गरेको अवस्थामा शनिबार पक्राउ गरेको छ ।
उनले BR.27 R-2304 नं. को २२० सि.सि.को पल्सर मोटरसाईकल चोरी गरि चलाइ रहेको थियो । साथै सोही दिन परोहा नगरपालिका वडा नं.५ स्थित बसन्तपट्टी टोल सडकमा मौलापुर नगरपालिका वडा नं.१ घर भएका वर्ष २५ को सुनिल जैसवाललाई पनि पक्राउ गरेको छ । सुनिलले पनि अर्को गाडी नम्बर BR.05 AD-0614 नं. को २२० सि.सि. पल्सर मोटरसाईकल चलाई रहेकै क्रममा पक्राउ परेका छन् ।
निज दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई चोरी कसुर अन्तर्गत मुद्धामा सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप गरिएको छ । हाल उनलाई हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।