294 जना ले पढेको
मधेश प्रदेश कै सबभन्दा लामो बरहवा तालमा वृक्षरोपण कार्यक्रम सम्पन्न

रौतहट । रौतहट सदरमुकाम गौरमा रहेको मधेश प्रदेशकै लामो ताल बरहवा तालमा रौतहटका युवाहरूले रैथाने प्रजातिका विरुवाहरु रोपेका छन् ।
उक्त विरुवा रोपन कार्यक्रममा विद्यार्थी भाइबहिनी, आमबुवा र स्थानीय युवाहरूको उल्लेख्य सहभागीता रहेको थियोे । बरहवा ताललाई सुन्दर बनाउन र रहिथाने फलका वृक्षहरुले चराचुरिगिहरुको आकर्षण बढने भएको हुनाले सो विरुवा लगाइएको युवा विक्रम यादवले बताए ।
सो बरहाताललाई सुन्दर र पर्यटकिय स्थल बनाउन सके रोजगारी र व्यवसायको सृजना हुनसक्ने कुरा अर्का युवा धर्मेन्द्र साहले बताएका छन् ।
सो कार्यक्रममा रौतहटका युवाहरू खुसीमनले सहभागिता देखाएका थिए । सहभागी युवाहरू नेता ललन यादव, समाजिक अभियनता सन्तोष पौडेल, जितेन्द्र कुमार दास, नेपाल पत्रकार महासंघ रौतहटका सदस्य पुस्पराज यादव, युवा सोनु महतो, आर्यन साह, हिमाल जयसवाल, हिरालाल कुशवाहा लगायत सयौं युवाहरूको सहभागिता रहेको थियोे ।