230 जना ले पढेको
स्वतन्त्र युवाहरुको संजालद्वारा प्रादेशिक अस्पताल गौरमा सरसफाइ

रौतहट श्रावण १८ । रौतहट सदरमुकाम गौर स्थीत प्रादेशिक अस्पातालकाे भित्री र बाहिरी भागमा रहेको फोहर लाई गौरका यूवा संजाल समुहले सरसफाई गरेका छन।
उक्त कार्यक्रम गौर जिल्ला अस्पतालका मेसु कृष्णा साहकाे नेतृत्वमा भएको हो । उक्त सरसफाइ कार्यकर्ममा स्वास्थकर्मी, कर्मचारी, विद्यार्थीकाे पनी सहभागिता रहेको थियो ।
गौर अस्पताल सरसफाइको लागी एक हप्ता अगाडि देखिनै स्वतन्त्र युवाहरुले पत्र पत्रिका र सोसल मीडिया मार्फत सहभागिताकाे आह्वान गरिरहेका थिए।
सो आह्वान कै कारण सयौं युवाकाे सहभागिता रहेको थियो । उक्त सरसफाइ कार्यक्रममा राजदेवी नगरपालिकाले आफूहरुलाई बुल्डोजर उपलब्ध गराइ गौर प्रदेशिक अस्पताललाई सफा गर्न एक कदम सहयोग गरिदिनु भएकोमा धन्यवाद दिदै यूवा विक्रम यादवले युवाहरुले गरेको आह्वानलाई पत्याउँदै ठूलो सहभागिताका लागी धन्यवाद व्यक्त गरेका थिए।
त्यसै गरी अर्का यूवा आर्यन साहले भने आफू एकदमै खुसी भएको र सरसफाइ कार्यक्रममा सहभागी युवाहरुको जमात देखेर अझ हौसाल प्रदान भएको महसुस गर्छन्।
सवै जसो युवाको ओठमा हाँसो र मन भरीकाे उल्लासले केही बेर गौर प्रदेशिक अस्पाताल उल्लासमय देखिएको थियो । उक्त कार्यक्रममा मेशु कृष्णा साहले जिल्लाको अस्पाताललाई सफा राख्न बेला बेलामा एनजीओ, आइएन्जिओ, क्लब र विद्यालयलाई आह्वान गरेका थिए।