199 जना ले पढेको
नेपाल–भारत वर्ल्ड डेवलपमेंट फोरमका अध्यक्ष मधुरेन्द्र जैसवाल सम्मानित

काठमाडौं, २४ भाद्र । भारतको दिल्लीस्थित नोएडाको ८१ गाउँका संगठन नोएडा विलेज रेसिडेंट्स एसोसिएशनद्वारा नेपाल–भारत वर्ल्ड डेवलपमेंट फोरमका अध्यक्ष मधुरेन्द्र जैसवाल सम्मानित भएका छन् ।
नोएडामा बिहीबार नोएडा विलेज रेसिडेंट्स एसोसिएशनले भारत–नेपाल मैत्रीमा योगदान दिने संस्था नेपाल–भारत वर्ल्ड डेवलपमेंट फोरमका अध्यक्ष जैसवाललाई नोवरा सम्मान प्रदान गरिएको छ ।
नोवरा अध्यक्ष रंजन तोमरले जैसवाल कैयौं वर्षदेखि भारत–नेपाल मैत्रीका लागि कार्य गर्दै आएको बताउँदै आफ्नो संस्थाको माध्यमबाट दुवै देशका बीच सामञ्जस्य र भाईचाराको भावना जगाएको बताएका छन् ।
नेपाल–भारत वर्ल्ड डेवलपमेन्ट फोरमद्वारा समय–समयमा भारतीय र नेपाली नीति निर्धारकर्ता, नेता र राजदूताहरुसँग मिलेर मैत्री बढाउने हेतु भूमिका निर्वाह गर्दै आएको छ ।
जैसवाल नेपालका मूल निवासी हुन् र मैत्रीको अलावा विश्व शान्ति, वैश्विक प्रगतिका बारे पनि कार्य गर्दै आएका छन् ।
यसै क्रममा चैलेंजर्स ग्रुपका अध्यक्ष प्रिंस शर्मा पनि उपस्थित रहेका थिए र नोवराका महासचिव पुनीत राणाले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।