336 जना ले पढेको
गौरको बानेश्वर मन्दिर - जुन शताब्दियौ पुरानो छ ।

रौतहट २४ भाद्र । गौर वार्ड नम्बर दुई महादेवपटिमा रहेको छ बानेश्वर मन्दिर । बकिया नदि भन्दा करिब ५ सय मिटर पुर्वमा रहेको सो मन्दिर निकै नै पुरानो र ऐतिहासिक रहेको छ ।
बानेश्वर मन्दिरको निर्माण सम्बन्धि कुनै दस्तावेज नभएपनि यो राजा शिव सिंहले बनाएको बताइन्छ । राजा शिव सिंह तत्कालिन तिरहुत राज्यको राजा थिए । उनि सिम्रौनगढबाट साशन ब्यबस्था चलाउथे । राजा शिव सिंहको शासन 1335 ई सम्म चलेको इतिहास रहेकोले सो मन्दिर त्यस पूर्वनै बनाइएको थियो ।
हालको बानेश्वर मंदिर कुनै बेला बने बनले घेरिएका थिए । सो क्षेत्र राजा शिव सिंहको शिकार गर्ने क्षेत्र हुने गर्थ्यो । उनि आखेटको लागि समय समयमा आउने गरेकाले हालको बानेश्वर मन्दिर परिसरमा उनका लागि आवास बनाइएका थिए । अहिले मन्दिर रहेको स्थान भन्दा करिब २ सय मिटर पुर्व उनि बस्ने घर बनाइएका थिए । उनले पुजा गर्न सो क्षेत्रमा शिव लिंगको स्थापना गरका थिए । पछि मानव वस्ती बढ्दै जादा सो क्षेत्रलाई बनेसर भन्न थालिएको हो । बनको देउता भएकोले बनेसर भनिएको हुनसक्ने बुझिन्छ । सोहि बनेसर मन्दिर क्षेत्र पछि अप्रभंस हुदै अहिले बानेश्वर भन्ने बुझिन्छ ।
राजा शिव सिंहको आखेटको लागि आउदा उनलाई बस्न बनाइएको घरको सुरक्षाको लागि सैनिकहरु तैनाथ गरिएको थियो । उनका हाथिसार र घोडासार पनि सोहि स्थानमा रहेका थिए । केहि बर्ष पहिला सम्म पनि सो स्थानमा खेत जोत्दा वा कोदालो चलाउदा खपडाका टुक्राहरु भेटिन्थे । खाप्दाका टुक्राहरु भेटिने गरेकोले उक्त स्थानमा खपडाकै घर बनाइएको हुन् सक्ने अनुमान गरिन्छ । सो क्षेत्रमा कोदालो चलाउदा वा हलो जोत्ने समयमा चाँदीका सिक्काहरु पाउनु सामान्य घटना मानिन्थे । यासपानी मन्दिर क्षेत्र कुनै वेलाको समृद्ध क्षेत्र रहेको र सो मन्दिरको सम्बन्ध सताब्दियौ पुरानो रहेको स्पष्ट हुन्छ । सो मन्दिर बनाउदा सम्म हालको महादेवपटि, टिकुलिया ,मचकुटिया लगायतका गाउहरु अस्तित्वमा आइसकेको थिएन ।
एउटा प्रसंगमा हाल मन्दिर परिसरमा रहेको पोखरीको पुर्वमा चमत्कारी बस्तु रहेको छ l केहि बर्ष पुर्व केहि स्थानियले भैसी चराउन जादा उनी मध्येका एक उपेन्द्र झाले उक्त ठाउमा कोदालोले खन्दै गर्दा केहि बस्तु देखिएको तर त्यो बस्तुमा आखा पर्दै अन्धो भएको थियो । उक्त बस्तु हेर्ने सबैको आखा बन्द हुनथाले पछि त्यो खाल्डो पुरिएको थियो । त्यस भित्र के थियो भन्ने रहस्य अझै रहस्य नै रहेको छ ।
तत्कालिन समयमा उक्त शिवलिङ्ग माथि खोप जस्तो संरचना रहेको थियो । पछि समय सापेक्ष सो मन्दिरको जिर्णोद्द्वर हुदै गयो । पछिल्लो समयमा सो मन्दिर परिसर भित्र बनाइएको पार्वती गणेश मन्दिर स्थानिय रामजी रायका बुवा कुलदिप राय लगायतका सहयोगमा निर्माण गरिएको थियो ।
गाउहरु बिस्तार हुदै जादा उक्त मन्दिरका महन्थको रुपमा पुरेनावाका गिरिहरुलाई जिम्मा लगाइएका थिए । मन्दिर आसपास रहेका कयौ बिघा जमिन पुरेनावाका गिरीहरुको जमिनदारी थियो । उक्त जग्गाहरु गुठीको नाउमा रहेपनि जमिनदारी भन्ने गिरीहरुको थियो । पछि उक्त जगाहरु महादेवपटिकै स्थानियाहरुको मातहत गएको थियो । ति मध्ये अधिकांस जग्गाहरु भन्ने निजीकरण भैसकेको छ ।
मन्दिर पुर्वको इनारको बकिया कनेक्सन
सो मन्दिरको उत्तर आपको फुलवारी भित्र रहेको इनार पनि ऎतिहासिक कथाहरु बोकेका छन् । उक्त इनार पनि मन्दिर संगै निरमाण गरिएको र सोहि इनारको पानीले मन्दिर भित्रको शिवलिङ्गमा जलाभिषेक हुने गरेका थिए । अर्को प्रसंगमा १९९० सालको भूकम्पको समयमा प्राय इनारहरुबाट बालुवा र कोइला निस्केको थियो तर उक्त इनारको पानि भुकम्प पछि पनि पिउने लायाकनै रहेको ले सोहि इनारबाट हालका महादेवपट्टिका स्थानियहरुले पानि ल्याई खाएका थिए । उक्त इनारको सिधा सम्पर्क बकिया नदि संग पनि रहेको बताइन्छ ।
बानेश्वर मन्दिर सम्बन्धि थप जानकारीहरु भए थप्दै जानु होला ।