283 जना ले पढेको
रौतहटको विकासका लागि आफू जित्नुको विकल्प छैन:- पुर्व प्रधानमन्त्री माधव नेपाल

रौतहट पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावध कुमार नेपालले रौतहटको विकासका लागि आफू जित्नुको विकल्प नरहेको बताएका छन् ।
रौतहट आफनो गृह जिल्ला रहेकाले यहाँका नागरिकसँग आफनो प्रेम रहेको र विगतका दिनमा आफूले यो जिल्लामा ठूल ठूला विकास निर्माणका कामहरु गरेकोले थप विकासका लागि रौतहटबासीले आफूलाई एकपटक पुनः जिताउनुको विकल्प नरहेको उनले बताए।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनतर्फबाट यसपालि रौतहट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने तयारीका साथ चुनावी मैदानमा उत्रिसकेका अध्यक्ष नेपालले रौतहट क्षेत्र नं १ को गढिमाई नगरपालिकाको वरियारपुर धर्मपुर र सिंगारमनमा मंगलवार आफना नेता कार्यकर्ताहरुसँग भेटघाट गर्दै यस्तो बताएका छन् ।
एकीकृत समाजवादीको जिल्ला कमिटी रौतहटद्धारा वरियारपुरमा आयोजित भेटघाट कार्यक्रममा नेता नेपालले क्षेत्र नं १ सहित रौतहटको समग्र विकासका लागि आफूलाई पुनः एकपटक जिताउन स्थानीयहरुसँग आग्रह गरे ।
यसअघि आफू प्रधानमन्त्री हुँदा रौतहटको बागमती नदीको विभिन्न ठाउँमा पुल निर्माणको काम अगाडि बढाएको धरहरीमा ठूलो मेडिकल कलेजको रुपमा धरहरी पोलिटेक्निक इनस्टिच्यूट स्थापना गराउनुको साथै जिल्लाको विभिन्न ठाउँमा थालेका छन् ।
ठूलो मात्रामा विभिन्न विकास निर्माणको कार्य गरेको उदाहरण दिदै उनले गर्नुपर्ने अझै धेरै कामहरु गर्न बाँकी रहेकोले ती कामहरु पूरा गर्नका लागि आफूलाई जिताउन सबैलाई आग्रह गरे ।
गत २०७४ सालमा काठमाण्डु २ बाट चुनाव लड़े का माधव नेपाल यसवर्ष गृह जिल्ला रौतहट क्षेत्र नं १ बाट चुनाव लड्दै छन । निर्वाचनको मिति नजिकिएसँगै नेता नेपालले अहिलेदेखि नै निर्वाचन केन्द्रित गतिविधिमा लागेका छन् ।
गठबन्धनले समेत नेपाललाई क्षेत्र नं १ बाट टिकट दिन सहमत भइसकेकोले नेता नेपालले अहिलेदेखि नै रौतहट क्षेत्र नं १ मा आफना नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यमा व्यस्त हुन थालेका छन् ।