214 जना ले पढेको
बस ठक्करबाट घाइते पत्रकारलाई क्षतिपूर्ति नदिएको पीडित परिवारको आरोप

रौतहट असोज ०५ । बस दुर्घटनामा परी गम्भीर घाइते भएका संचारकर्मी एवं माधव नारायण नगरपालिकाका कर्मचारी रवीन्द्र मंडलको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।
राजधानी दैनिक देखि लिएर विभिन्न संचारमाध्यम हुँदै गा वि स को प्राविधिक सहायकको रुपमा काम गर्दै आएका मण्डल अहिले जीवन र मृत्युसंग संघर्ष गरिरहेका छन् । मण्डल अहिले गौर अस्पतालमा रहेका छन् ।
नगरपालिका गठन भए पश्चात् भएको निर्वाचनपछि नगरपालिकामा पञ्जीकरण फाँटका जिम्मेवार लिदै नगरपालिकाका लागि एम्बुलेन्स चुइन काठमाण्डु गइ बुझेर फर्किने क्रममा माँ कल्याणी बस दुर्घटना हुँदा घाइते भएका थिए।
२०७६ साल साउन २१ गतेमा भएको दुर्घटनामा परी घाइते भएका मण्डल अहिले गम्भीर अवस्थामा पुगेका छन्। करिव ४ वर्षदेखि उपचार हुँदै आएको मण्डलको अवस्था निकै नाजुक भई जीवन र मृत्युको संघारमा रहेका छन् । गाडी धनिले पहिलो पटक सहयोग गरेको पीडितका पत्नी मंजु देवीले बताइन् । कानुनी कारवाही भएपनि गाडी साहु संजय साहले उपचार खर्च नदिएको दुखेसो रहेको छ ।
नगरपालिकाको स्थायी कर्मचारी भएको मण्डलको लागि पूर्व नगर प्रमुख वीरेन्द्र यादव र वर्तमान नगर प्रमुख बैजु यादव समेतले केही सहयोग नगरेको गुनासो गरे ।
उनले भने घटना भएदेखि उपचार गराउँदा गराउँदै भएको सम्पति पनि सकिएको छ, छोरा छोरीको कसरी व्यवस्थापन गर्नु चिन्ताले सताइ
हुँदै आएको मण्डलको अवस्था निकै नाजुक भइ जीवन र मृत्युको संघारमा रहेको छ । रहेका छन्।
गाडी धनीले पहिलो पटक सहयोग गरेको पीडितका पत्नी मंजु देवी मण्डलले बताए कानूनी कारवाही भए पनि गाडी साहु संजय
बसका साहुमाथि कारवाहीको लागि दबाब सृजना गरी क्षतिपूर्ति दिलाउने कार्यमा सहयोग गर्न संचारकर्मीहरुलाई आग्रह समेत गरेकी छन् ।