202 जना ले पढेको
मतदाताले स्वतन्त्र उम्मेदवार रविलाई लगाए बिजय तिलक

रौतहट १९,कार्तिक । रौतहट क्षेत्र नम्बर ४(ख) मा स्वतन्त्र उम्मेदवार रवि जयसवाललाई चुनावी घरदैलोका क्रममा मतदाताहरुले भव्य स्वागत गरिरहेका छन् ।
मत माग्न घरदैलोमा पुगि रहेका प्रदेशसभा सदस्यका उम्मेदवार जयसवाललाई मतदाताहरुले आफै स्वागत गर्दै यसपालि पनि स्वतन्त्रलाई नै मत दिने पनि बताएका छन् । यसै क्रममा शनिबार गढिमाई वडा नम्बर ४ पर्सामा घरदैलो गर्दै पुगेका प्रदेशसभा सदस्य उम्मेदवार जयसवाललाई मतदाताहरुले समर्थन गर्दै अबीर टिका लगाएर स्वागत पनि गरेका छन् । उनले शनिबार बिहान सोही वडाको सुन्दरपुर र संग्रामपुरमा घरदैलो गरेका हुन ।
स्वतन्त्र उम्मेदवार जयसवाल मतदातामाझ लोकप्रिय बन्दै गएको देखिएको छ ।
जनतासँगको भेटघाट र घरदैलो अभियानलाई निरन्तरता दिँदै जयसवालले आफूलाई मत दिएर निर्वाचित गराउन मतदातासँग आग्रह गरेका छन् ।
स्वतन्त्र उम्मेद्वार जयसवालले वडा नम्बर ४ का मतदातासँग भेटघाट गर्दै अब परिवर्तनका लागि स्वतन्त्रलाई मतदान गर्ने बेला आएको बताए ।
अब पनि जनताले सही र सक्षम व्यक्तिलाई मतदान नगरेमा पछुताउनुपर्ने भन्दै उनले सोचविचार गरेर मतदान गर्न आग्रह गरे । क्षेत्र न.४(ख) स्वतन्त्रकै क्षेत्र भएकोले स्वतन्त्र उम्मेदवार जयसवालाई ढुक्क रहन मतदाताले आश्वासन दिएका छन ।
सामाजिक सेवामा निरन्तर क्रियासिल व्यक्ति र भिजन भएका व्यक्ती भएकाले उनको विकल्प कोही नभएको मतदाताको प्रतिक्रिया छ ।
स्वतन्त्र उम्मेद्वार जयसवालको पक्षमा स्वस्फुर्त रुपमा मतदाताहरुले समर्थन जनाइरहेका छन् ।