262 जना ले पढेको
रौतहट १ मा अजय गुप्ताको 'क्रेज'

रौतहट ३० कार्तिक । नेकपा एमालेका तर्फबाट रौतहट १ मा प्रतिनिधि सभाका उम्मेदवार बनेका अजय कुमार गुप्ताको पक्षमा स्थानियहरु खुलेरै लाग्न थालेका छन ।
लगातारको घरदैलो तथा भेटघाट कार्यक्रम पछि उम्मेदवार गुप्ताको पक्षमा जनलहर निकै बढेको छ । युवा उम्मेदवारका रुपमा नेकपा एमालेले उनलाई रौतहटको क्षेत्र नं. १ मा अगाडी बढाए पछि अहिले उनी यस क्षेत्रमा निकै चर्चित बन्दै गएका छन ।
नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सँग प्रतिनिधि सभा सदस्यको लागी चुनावी मैदानमा रहेका नेता गुप्ता स्थानिय माँझ लोकप्रिय बनेका छन । पछिल्लो समय गुप्ताको लोकप्रियता ह्वातै बढेको गौर ३ का स्थानिय दिनेस पटेल बताउछन ।
आफुलाई सहज हुने उम्मेदवारका रुपमा स्थानियले गुप्तालाई हेर्ने गरेको पटेलले बताए । “भोलिको दिनमा जितेर गएका जनप्रतिनिधिलाई भेटन कयौ भ¥याङ्ग पार गर्न नपरोस भनेर गुप्तालाई मतदान गर्ने निर्णय गरेका छौं ।” गौर ४ का स्थानिय शेख नुरसैदले भने “अहिले भोट माग्न आएका ठूला नेताले भोलि हामीलाई चिन्दैन, माधव नेपाललाई भेटन उनका आसेपासेलाई हात जोडनु पर्छ ।” तर एमालेका उम्मेदवार गुप्तालाई दुखसुखमा सहजै भेटन सकिने उनको भनाई छ ।
गौर, राजदेवी र दुर्गा भगवतिको मेयरलाई भोट दिएका सबैले समाजवादीका उम्मेदवार माधव कुमार नेपाललाई भोट दिन्छन भनेर कसैले ठोकुवा गरेमा त्यो व्यर्थ हुने यस क्षेत्रका स्थानियहरु बताउछन । पछिल्लो समय नेता नेपाल गौर ३ मा मत माग्न स्थानिय उषा झाको घर गएको बेला उनको तस्वीरलाई सामाजिक संजालमा पार्टी प्रवेश गरेको भन्दै राखेपछि आलोचित बनेका थिए ।