295 जना ले पढेको
गौरका आगलागी पीडितलाई अमेरिकामा बस्ने नेपालीले गरे १ लाख ७८ हजार सहयोग

रौतहट । अमेरिकामा बस्दै आएका समाजसेवी तथा व्यवसायीहरुले रौतहट जिल्लाको गौर नगरपालिकाका आगलागी पीडितलाई १ लाख ७८ हजार भन्दा बढी राहत रकम सङ्कलन गरी प्रदान गरेका छन् ।
अमेरिकाको न्युयोर्क अल्बानियामा बस्ने गौर निवासी समाजसेवी ईन्जिनियर लक्ष्मण केशरीको विषेश पहल र स्थानीय शिक्षक मो.अफताब आलमको सहयोगमा सङ्कलित १ लाख ७८ हजार ८८८ विहीबार गौर नगरपालिकाको मेयर शम्भु साहको हातबाट उनकै कक्षमा पीडित परिवारलाई वितरण गरिएको छ ।
आगलागी पीडितलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सङ्कलन गरी पठाइएको अमेरिकामा रहेका लक्ष्मण केशरीले जानकारी दिए । गत मंसिर ७ गते बुधबार भएको आगलागीबाट गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको थियो भने अन्य तीन जना गम्भीर घाइते भएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भु साहले सहयोगी सम्पुर्ण हातहरुलाई हृदय देखि धन्यवाद व्यक्त गरेका छन् ।