203 जना ले पढेको
सुशासनको लागि इशनाथ नगरपालिकाको अभियान, सार्वजनिक महत्वका सुचनाहरु स्वतह सार्वजनिक गर्दै

२७ पौष २०७९
रौतहट । रौतहटका एक स्थानिय तहले सुचनाको हकको व्यबहारिक प्रयोगलाई प्रोत्साहन गर्न अभियान चलाएको छ।इशनाथ नगरपालिकाले सार्वजनिक निकायले स्व स्फुर्त रुपमा सार्वजनिक गर्नु पर्ने सुचनाहरुलाई सार्वजनिक गर्दै सुचनाको हकमा सबैको पहुच स्थापित हुने गरि अभियान सन्चालन गरेको हो।ईशनाथ नगरपालिकाको आधिकारिक वेबसाइटमा स्वतह सार्वजनिक गर्नु पर्ने जानकारीहरु सार्वजनिक गरेको हो।सुचनाको हक सम्बन्धी ऎनमा सार्वजनिक निकायहरुले प्रत्येक ३ महिनामा कार्यालयका गतिबिधी लगायतका जानकारिहरु सार्वजनिक गर्नु पर्ने कानुनी ब्यब्स्था छ।तर अधिकान्स कार्यालयले सो बिपरित सुचनाहरु लुकाउदै आएको हो।
इशनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुदेव झाले आफुहरु सुशासनको प्रत्याभूति हुने गरि काम गर्न चाहेको र आफ्नो अहिले सम्मको छोटो कार्यकालमा केही प्रयासहरु सफलतापुर्वक अगाडि बढाएको बताए।उनले कार्यालयमा सुचना अधिकारी तथा गुनासो सुन्ने अधिकारी तोकेको र ती ब्यक्तिहरुलाई कार्यालयका प्रत्येक सुचनामाथी पहुच रहेको बताए।उनले आफुले केवल कर्मकान्डी रुपमा मात्रै काम नगरेको दावी समेत गरे।
कार्यालयबाट सन्चालन हुने भौतिक निर्माणका कार्यहरुमा प्रत्येक निर्माण स्थलमा निर्माण कार्य सम्बन्धी जानकारी सहितको सुचना बोर्ड स्थायी रुपमा राख्ने तथा प्रयाप्त प्राबिधिक अनुगमनको ब्यस्थापन गरेको बताए।
यता ईशनाथ नगरपालिकाको जग्गा वर्गीकरण को काम सकेर कित्ताकाट खुल्ला गर्ने नगरपालीका बनेको छ।सो पालिकाले चन्द्रपुर तथा गरुडा पछि जग्गा वर्गीकरण गर्ने पालिका बनेको हो। यस अघि जग्गा वर्गीकरण नहुदा सो पालिकाको जग्गाहरुको कित्ताकाट रुकेका थिए।इशनाथ नगरपालिकाले बिपत बाहेकको अवस्थामा बितरणमुखी कार्य रोकेको प्रमुख प्रशासकिय अधिकृत झाले बताए ।उनले माहालेखा परिक्षकको कार्यालयले बर्सेनि दिने प्रतिवेदनले समेत बितरणमुखी कार्य रोक्न निर्देशन दिनेगरेको बताउदै उनले पालिकाले नागरिकलाई प्रत्यक्षलाभ हुने गरि योजनाहरु अगाडि बढाएको बताए।