134 जना ले पढेको
प्रचण्डको महेन्द्रपथ !

रौतहट माघ ४ । केही दिन पहिले मात्र मेरो एक जना मित्र सङ्ग महेन्द्र नीति बारे कुरा भएको स्मरण हुन्छ। राजा महेन्द्रले लिएको कथित राष्ट्रवादी नीति बारे उक्त मित्र सङ्ग मेरो कतिपय मतभेद थियो भन्ने कतिपय बिषयमा सहमती पनि।खास गरि देशमा बहु राष्ट्रियताको मान्यता ,बिभिन्न बिकाश निर्माणका कामहरु र तत्कालिन राज्य ब्यब्स्थाले लिएका कतिपय नीति बारे मेरा असन्तुष्टिहरु थिए।
त्यसको केही दिन पछि मात्रैको चिया गफ सम्झिन्छु। तीन जनाको अपरिचित समुहले आफैमा गरिरहेको कुराहरु सुने।करिब एक घन्टाको निरन्तर सम्वादमा विभिन्न बिषयमा कुरा भए पनि कुराकानिको मुल सार नेपाल राज्य सत्ता एकल जातिय,एकल भाषिक र सान्सकृतिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने थियो।
यी बाहेक कयौ यस्ता असमावेशी बिचार ,व्यबहार तथा अभिव्यक्तीहरु विभिन्न सन्चार माध्यमबाट सुन्दै आएको छु।।खास गरि यी बिचारहरु पछिल्लो संसदीय निर्वाचन पछि गति लिएको देखिन्छ। अहिले पुष्प कमल दाहाल नेतृत्वको सरकारले पुर्णता पाएको छ l सरकारले पूर्णता पाए संगै जन्मेको बिषय हो " समावेशीकरण ,पहिचान र स्व शासन " l तत्कालिन बर्गीय विभेद बिरुद्ध बर्ग संघर्ष भन्दै जनयुद्धको अगुवाई गरेका प्रचण्डको सुरुवाती ब्यबहार उनि भित्र आएको बिचलनलाई देखाएको छ l
दाउरा सुरुवाललाई लगाउनु कुनै अपराध हुदै होइन तथापि पनि कुनै पोशाक विशेषलाई शासन र शासकको रुपमा अर्थ्याउनु नेपाल जस्ता बहुल राष्ट्रियताको लागि विरोधाभास कुरा हो l यो कुरा प्रचण्डले पनि नबुझेका होइन ,होइन भन्ने उनले अहिले सम्म दाउरा सुरुवाल लगाउन आनाकानी गर्ने कारण के?
तेस्रो चोटि सत्ताको शिखरमा पुग्दा पुष्पकमलको सहयात्रीहरु बारे बुझ्न समेत आवस्यक छ l उनि खडग प्रसाद ओलीको प्रस्ताव र प्रयासमा प्रधानमन्त्री बनेका हुन् l उनि संग रबि लामीछाने ,ज्ञानेन्द्र शाही,राजेन्द्र लिंग्देल जस्ता पात्रहरु निर्ण्याक रुपमा छन् l संसदीय अभ्यासमा अंक गणित निकैनै महत्वपूर्ण हुन् गरेकोले बर्तमान सरकारका मुखिया अति निरिह र कमजोर देखिनु स्वाभाविक हो l
त्यसमा पनि उनको प्रस्तावक तथा समर्थकहरुको बहुसंख्यक जमात गणतन्त्र ,धर्म निरपेक्षता ,समावेशीकरण र पहिचानका विरोधीहरु हुन् l नेपालको संबिधान २०७२ को मुख्य उपल्बधिनै गणतन्त्र, धर्मनिरपेक्षता ,समावेसीकरण र बहु पहिचानलाईनै उल्ट्याउन चाहने शक्तिहरुको बहुतायक उपस्थितिमा पुष्पकमल को सुरुवाती बोलि र ब्यबहार पनि फेरिएको छ l
प्रधानमन्त्रिको सपथ ग्रहण समारोह देखि दाउरा सुरुवालको असहज यात्रा सुरु गरेका प्रचण्ड पृथ्वी जयन्तीको आधिकारिकता हुदै मन्त्रीमंडल बिस्तार सम्म पुग्दा उनि पनि न्रिजातिया तप्का र महेन्द्र पन्थी नै हुन् किन भन्ने प्रश्न हरु उठन थालेको छ l मन्त्रि मण्डलले पूर्णता पाइसक्दा देसका उत्पिडित ,शोषित र सिमान्तकृत समुदाय,बर्ग ,जाति फेरी पनि मूलधारबाट टाढा गरिएको छ l यो जनयुद्ध र त्यस यताका बिद्रोहहरुको अपमान हो l
यसरि पुष्पकमल दाहालको सत्तारोहणले प्रचण्ड पथको महेन्द्रपथमा रुपान्तरण हो l सदनमा बिस्वासको मत लिरहदा प्रधानमन्त्रि पुष्पकमल दाहालले गरेको सम्बोधनको एक अंशले समेत् उनि प्रचण्ड पथमा अग्रसर हुन् लागेका हुन् भन्ने प्रष्ट देखिन्छ l उनले आफुले दाउरा सुरुवाल लगाउदा कहिँ कतै पनि आलोचना नभएको बताउदै आत्मरतिमा रमाउदै थिए l यथार्थ के छ भन्ने जनयुद्ध कुनै व्यक्तिको फगत प्रशसा वा आलोचना संग सम्बन्धित मात्रै थिएन l
यस अर्थमा पुष्पकमलहरु व्यक्ति केन्द्रित मान्शिकतामा रमाए संगै उनले जनयुद्धको लिगेसी छोड्ने आट पनि लिनु पर्ने छ l जनयुद्धको उदय र अपार जन समर्थनमा महेन्द्र नीतिकै प्रतिरोध थियो भन्ने कुरा बिर्सेपछि प्रचण्ड पुष्पकमलको रुपमा रुपान्तरारित भएका हुन् l खास गरि एउटै भाषा, एउटै भेष अनि अन्ध राष्ट्रवादका वकालत गर्ने पात्र,प्रविती तथा दलहरु संगको अनुचित र अप्राकृतिक गठबन्धनले प्रचण्ड पथ ,महेन्द्र पथमा रुपान्तरण भएको बुझिन्छ l
फगत सत्ताको लागि पृथ्वी जयन्तीलाई आधिकारिक बनाउने उनि बिस्तारै दक्शिणपन्थ तर्फ धकेलिदै गएको छ l यो खासमा माओवादी जनयुद्धकै कतिपय उपलब्धिलाई चुनौती दिएको छ l निश्चय पनि कुनै समय प्रचण्डलाई सर्वसाधारण नागरिकहरुले मात्र होइन आफ्नै पार्टी कार्यकर्ताहरुले एकपटक देख्न पाए कस्तो हुन्थ्यो भनेर कौतुहल प्रकट गर्दथे । मेरो बुझाईमा प्रचण्ड इतिहासकै सर्वाधिक चर्चामा रहने नेपालि नेता हुन् l तर उनको यस्तो लोकप्रियता प्रचण्ड पथको कारणले प्राप्त गरेको तितो यथार्थ पनि छ l
माओवादी युद्धमा प्रत्यक्ष सहभागी भएर मारिने र बेपत्ता हुनेहरुले नेपालमा सुखी शासन व्यवस्था ल्याउने सपना पालेका थिए । भनौ, उनीहरुलाई त्यो सपना देखाइएको थियो । त्यही सपना बोकेर उनीहरु मार्न र मर्न अग्रसर भएका थिए । उनीहरुका त्यो सपना साकार नभइ माओवादी युद्ध विसर्जन भयो । त्यसपछि सुरु भयो, सपनाको खेती ।
सपना मात्रै देखाउने , सर्वाहराबर्गका कुरा गर्ने तर आफ्नो जीवनशैलीमा दरवारिया शान देखाउने प्रचनडहरुको हविगत महेन्द्रपथ र न्रिजातिया रुपान्तरणनै हो l