116 जना ले पढेको
विषादी व्यवस्थापन तालिम सम्पन्न

रौतहट । कृषि ज्ञान केन्द्र रौतहट को आयोजनामा तीन दिने विषादी व्यवस्थापन तालिम सम्पन्न भएको छ।
आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र गौर, रौतहटको आयोजना तथा बाली संरक्षण प्रयोगशाला, सिरहाको सहकार्यमा विषादी व्यवस्थापन सम्बन्धी ३दिने तालिम यस रौतहट जिल्लाका गरुडा नगरपालिका स्थित रहेका कृषि शाखा शिवनगरमा संचालन तथा सम्पन्न गरेको छ ।
सो विषादी व्यवस्थापन तालिममा ३० जना प्रत्येक नगरपालिका तथा गाउँपालिकाबाट सहभागी भएका थिए । कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख, कमलदेव प्रसाद कुशवाहा, बाली संरक्षण प्रयोगशाला, सिरहाका प्रमुख, मोहन महतो, बालि संरक्षण अधिकृत मिश्रीलाल यादव, कृषि अर्थ विज्ञ, विपलव कुमार गुप्ताले प्रशिक्षण गर्नु भएको थियो ।
सो तालिम समापन तथा प्रमाण पत्र वितरण समारोहको प्रमुख अतिथि गरुडा नगर पालिकाको नगर प्रमुख कन्तमणी जैयसवालले रहनु भएको थियो । तालिमबाट विषादी प्रयोगमा विशेष सहयोग मिल्ने तथा प्रभावकारी भएको सहभागीहरुको भनाई रहेको छ ।