248 जना ले पढेको
शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको:- अधिकृत ठाकुर

रौतहट माघ २१ । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ मा रहेको श्री आधारभूत बिधालय कुडियामा चार कोठे भवन शिलान्यास भएको छ । शुक्रवार एक कार्यक्रमका बिच नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले उपप्रमुख जमिला असगरीको रोहबरमा शिलान्यास गर्नु भयो । नगरप्रमुख डा.राजिक आलमको विशेष पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो भवन शिलान्यास गरिएको हो ।
राजपुर नगरपालिकाले शिक्षा क्षेत्रमा सराहनीय कार्य भईरहेको छ । सो नगरपालिकाले सामुदायिक बिधालयहरूको भौतिक संरचना सुधार गर्न दह्रो रूपमा अगाडि बढिरहेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनको बिहिवार एक कार्यक्रमका बीच हाकिम ठाकुरले शिलान्यास गर्नुभएको हो ।
भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभावमा केही समाधान हुने हाकिम ठाकुरले बताए । राजपुरलाई शिक्षाको क्षेत्रमा नमूनाको पालिकाको रुपमा प्रस्तुत गर्ने लक्ष्यका साथ शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको अधिकृत ठाकुरले बताएका छन् ।
सो अवसरमा उपप्रमुख असगरी सँगै वडा नम्बर ६ का वडा अध्यक्ष शेख मोजरे आलम, श्री आधारभुत बिधालय कुडियाका प्रधानाध्यापक शम्भु साह, स्वास्थ्य शाखा प्रमुख खुर्शिद अहमद, प्रशासन शाखा प्रमुख खुर्शैद आलम, बिधालय ब्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक, शिक्षिका लगायत स्थानीय भद्रभलादमी, बुद्धिजीवी,शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो ।