114 जना ले पढेको
माओवादीबाट निर्वाचित उपप्रमुख एमालेमा प्रवेश

जनकपुरधाम – स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा दल परिवर्तन गर्ने क्रममा बढेको छ। माओवादीबाट निर्वाचित धनुषाको विदेह नगरपालिकाकी उपप्रमुख निलम मण्डल एमालेमा प्रवेश गरेकी छिन्।
एक दिनअघि गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीनाकुमारी यादव एमालेमा प्रवेश गरेकी थिइन्।
त्यस्तै मधेस आन्दोलनको क्रममा अग्रस्थानमा रहेका युवा मधेस केन्द्रित दल त्याग्दै एमालेमा प्रवेश गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१० का युवा सुशील कर्ण, व्यवसायी मौसम बजाज, किसन मण्डल, रोशन यादवसमेत एमालेमा प्रवेश गरेका हुन्।
एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले नवप्रवेशीलाई पार्टीमा प्रवेश गराएका थिए। उनले नवप्रवेशी युवाहरुलाई विशेष महत्वका साथ हेरिएको बताए।