149 जना ले पढेको
राष्ट्रपति भण्डारी द्वारा गजेन्द्र स्मृति अस्पताल उदघाटन, डा डिम्पल झाको सपना साकार

रौतहट २७ चैत ।
राष्ट्रपति बिधा देवि भण्डारीले रौतहटको मध्यभाग माधव नारायण ३ स्थित गजेन्द्र स्मृति अस्पतालको उदघाटन गरेकि छिन। स्वर्गीय गजेन्द्र नारायण सिंहको ९७ औं जन्म जयन्तीको अवसरमा राष्ट्रपति बिधा देवि भण्डारीले चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत जयनगर सखुअवा चौकको बिचमा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आईतवार उदघाटन गरेकी हुन।
अस्पतालको उदघाटन संगै क्यान्सर रोग बाट ग्रसितभै जिवनमरणको दोसाँधमा रहेकी प्रदेश सांसद तथा पुर्व मन्त्री डाक्टर डिम्पल कुमारी झाको सपना साकार भएको छ ।
उदघाटन समारोह लाई संबोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन,किसान आन्दोलनको अग्रणी भुमिका खेल्ने स्वर्गीय गजेन्द्र नारायण सिंहको नाउँमा अस्पताल निर्माण गर्नु सराहनीय काम भएको बताईन। सामाजिक न्याय का लागि योगदान ,आफ्नो जिवनमा देश र जनताको सेवामा पुर्याएको योगदानको कदर स्वरुप उनको नाउँमा अस्पताल निर्माण हुनु सराहनीय काम भएको उनलेे बताईन । मुलुक को स्वाधीनता र स्वतन्त्रताका लागी स्वर्गीय सिंहले संबैधानिक नैतिक र अहिंसक जागरण बाट जनजनमा चेतना पुर्याएको कार्यक्रम का प्रमुख अतिथी राष्ट्रपति बिधादेवी भण्डारीले सम्झना गरिन। बर्तमान अवस्थामा स्वास्थ,शिक्षा,सामाजिक न्याय, जनताको मौलिक हक हो,समजबाद उन्मुख समृद्ध नेपाल सुखी नेपालीको मुलमन्त्र लिएर देश अघि बढिरहेको बिचार राखिन।उनलेे प्रदेश सरकारले ल्याएको बेटि पढाऔं बेटि बचाऔं अभियानको सराहना गरिन । बालबालिकाको लागि पौषटिक आहारको ब्यवस्था,बोक्सी प्रथालाई जरैदेखि उखेल्नु तिनवटै सरकारले भुमिका खेल्नुपर्ने आवश्यकता औल्याईन ।,कृषिमा आधारित किसानको लागि,मल सिचाइ ,माछा पालन ,तरकारी खेती,फलफूल ब्यवस्थित गर्न,चुरेक्षेत्र संरक्षण गर्न,भुमिगत जलस्रोत को संरक्षण देशको गौरव धार्मिक पर्यटन सुदृढ बनाई आर्थिक उन्नतिको लागि भुमिका खेल्न प्रदेश सरकार स्थानीय सरकार र संघीय सरकारको पनि राष्ट्रपति भण्डारीले ध्यानाकर्षण गराईन । अस्पताल स्थापनाले छिमेकी जिल्ला का बिरामीले भरोसायुक्त उपचार सेवा पाउनेमा बिश्वस्त रहेको बताईन।३०० बेडको अस्पताल निर्माणको लागि पहल गर्ने संघीय
अनिल झा र उनकी श्रीमती प्रदेश सांसद डाक्टर डिम्पल झालाई धन्यवाद सहित सिघ्र स्वास्थलाभको कामना गरिन।
जिवनमरणको दोसाँधमा रहेकी सांसद झाले मन्दिर,मस्जिद निर्माण गरेमा छुट्टाछुट्टै समुदायले पुजा गर्ने तर अस्पतालमा बालक देखि वृद्ध सम्म सबै जातिको उपचार हुने बिचार राखिन। संसारमा जन्म लिएपछि मरन सबैको हुन्चा तर स्मरण कसै कसैको हुन्छ। बिशुद सेवा भावना लिएर संधै स्मरणको लागी समाजको सेवाको लागि अस्पताल निर्माण गराएको र अस्पतालको उदघाटन पछि आफ्नो सपना साकार भएको उनले बताईन ।
अत्यन्तै नाजुक अवस्थामा रहेकी प्रदेश सांसद झाको मार्मिक संबोधनले धेरैको अँखा रसाएको थियो ।
कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा संघीय सांसद राजेन्द्र महतो,संघीय सांसद अनिलकुमार झा,मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र,आयोजक संस्थाका अध्यक्ष,दिगम्बर झा प्रदेश मन्त्री नवलकिशोर साह,भारतिय महाबाणिय दुत नितेस कुमार,डाक्टर प्रभु प्रसाद साह लगायतका बक्ताहरुले स्वर्गीय गजेन्द्र नारायण सिंहको नाउँमा अस्पताल निर्माण हुनु सराहनीय काम भएको बताउँदै अस्पताल बारे गलत टिप्पणी गर्नु दु:खद रहेकोे बताएका थिए ।
संघीय सांसद अनिलकुमार झाको संसदिय विकास कोष र भारतिय दूतावासको लगानीमा अस्पताल निर्माण भएको आयोजकले बताएका थिए ।