164 जना ले पढेको
चुनावी चहल पहल : गौरमा कांग्रेस र एमालेबाट निर्वाचित वार्ड अध्यक्षहरु लोसपामा

रौतहट २८ चैत्र २०७८ । चुनावको समय नजदिक हुदै जादा जिल्लामा निर्वाचन केन्द्रित गतिविधिहरु बढन थालेको छ l दलहरु नाफा घाटाको हिसाब सहित व्यक्तिहरुलाई पार्टि भित्र भित्रियाउन थालेको हो l
सोमवार गौरमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस र नेकपा एमालेबाट निर्वाचित वार्ड अध्यक्षहरु लोसपामा प्रवेश गरेको छ l यो संगै गौर नगरपालिकामा लोसपा नेपाल थप बलियो बनेको हो l
गौर नगरपालिकामा हाल लोसपाबाट निर्वाचित मेयर अजय गुप्ता निर्वाचित भएका थिए l उनि पुनः निर्वाचनमा उम्मेदवार बन्दै छन् l सोमवार गौरको रामजानकी धर्मशालामा आयोजित कार्यक्रमका बीच गौर नगरपालिका वार्ड नम्बर ४ बाट नेकपा एमाले बाट निर्वाचित वार्ड अध्यक्ष भुनेश्वर शाही र नेपालि कांग्रेसबाट निर्वाचित वार्ड नम्बर १ का वार्ड अध्यक्ष भारत प्रसाद साह लोसपामा प्रवेश गरेका हुन् l
उनीहरुलाई लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले तिला लगाई पार्टि प्रवेश गराएका हुन् l उनि संगै सैकडोको संख्यामा बिभिन्न पार्टि परित्याग गरि नेता कार्यकर्ताहरु लोसपा नेपालमा प्रवेश गरेका हुन् l पार्टि प्रवेश कार्यक्रममा लोसपाका नेताहरु अनिल झा, बाबुलाल साह, केशव झा , अजय गुप्ता ,लिला साह लगायतका हरु रहेका थिए l