138 जना ले पढेको
राजदेवी नगरपालिकामा जसपा ,लोसपाका वार्ड अध्यक्षहरु कांग्रेसमा प्रवेश

रौतहट २८ चैत २०७८ । यता राजदेवी नगरपालिकामा लोसपा र जसपालाई झटका लागेको छ l तत्कालिन रा ज पा बाट निर्वाचित भइ हाल लोसपामा रहेका वार्ड नम्बर ५ का वार्ड अध्यक्ष पंकज सिंह र जसपाबाट निर्वाचित वार्ड नम्बर २ का वार्ड अध्यक्ष सनुप महतो नेपालि कांग्रेसमा प्रवेश गरेका हुन् l
गौरको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमका बीच उनीहरु नेपालि कांग्रेस प्रवेश गरेका हुन् l यो संगै राजदेवी नगरपालिकाको चुनावी समिकरण थप पेचिलो बनेको छ l
गत स्थानिय तहको निर्वाचनमा राजदेवी नगरपालिकामा नेपालि काङ्ग्रेसबाट नगर प्रमुखमा धिरेन्द्र सिंह निर्वाचित भएका थिए l उनि फेरी चुनाव लडदै छन् l राजदेवी नगरपालिकामा नेपालि कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल बीच त्रिकोणात्मक प्रतिष्पर्धा देखिएको हो l