181 जना ले पढेको
बिधालय स्तरिय योजना तर्जुमा तथा समिक्षा कार्यशाला सम्पन्न

रौतहट २८ चैत्र २०७८ । बिधालय स्तरिय योजना तर्जुमा तथा समिक्षा कार्यशाला गोष्ठी सम्पन्न भएको छ l गौर नगरपालिकाका बिधालयहरुलाई केन्द्रित गर्दै उक्त कार्यशाला आयोजना गरिएको थोयो l
गौरको सिया प्यालेस होटेलमा संचालन गरिएको उक्त गोष्ठीमा सम्बोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले शिक्षा सबैको लागि हुनु पर्ने जोड दिदै समता र समावेशीकरण तथा गुणस्तरिय शिक्षाको लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए l
उनले शिक्षाको बिकाशको निमित्त गौर नगरपालिकाले आफ्नो कार्यकालमा निकै प्रगति गरेको बताए l उनले आफुले आफ्नो कार्यकालको सुरु देखिनै शिक्षालाई प्राथमिकतामा राखेको बताउदै सबैको लागि गुणस्तरीय शिक्षाको लागि अझै धेरै काम गर्न बाकि रहेको बताए l
विश्व शिक्षाको सहयोगमा ग्रामिण बिकाश केन्द्र गौरले संचालन गरेको समता र समावेशी शिक्षा परियोजनाको क्रममा उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको थियो l गोष्ठीमा विश्व शिक्षाका शुसिल यादव , आर डि सी का कामदेव यादव सहितको उपस्थिति रहेको थियो l