139 जना ले पढेको
पूर्व उपप्रधानमन्त्री राजेन्द्र महत्तोद्वारा नेपाल भारत वर्ल्ड डेवलपमेन्ट फोरम उद्घाटन

काठमाडौं । “नेपाल–भारत मिलकर चले, विश्व सारा आगे बढे” मूल नाराका साथ नेपाल भारत वर्ल्ड डेवलपमेन्ट फोरमको उद्घाटन भएको छ ।
संघीय राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच पूर्वउपप्रधानमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यतामा डेवलपमेन्ट फोरमको उद्घाटन भएको हो ।
‘विश्व शान्ति, विश्व विकास, विश्व कल्याण’ मूल उद्देश्यका साथ डेवलपमेन्ट फोरमको उद्घाटन भएको हो । प्रमुख अतिथिको रुपमा बोल्दै पूर्वउपप्रधानमन्त्री महतोले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन यो डेवलपमेन्ट फोरमले अहम् भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
महतोले भारतसँगको व्यापार घाटालाई न्यूनीकरण गर्नसमेत यो फोरमले महत्वपूर्ण योगदान पु¥याओस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
यसैगरी, डेवलपमेन्ट फोरमका अन्तर्राष्ट्रिय संरक्षक वेदप्रकाश गुप्ताले नेपाल–भारतबीचको सम्बन्धका बहुआयामिक पक्षबारे चर्चा गरेका थिए । उनले नेपाल र भारतले मात्रै सारा विश्वलाई शान्तिको मार्गमा लैजान महत्वपूर्ण भूमिका खेल्ने चर्चा गरेका थिए ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेपाल जनता पार्टीका अध्यक्ष त्रिभुवननाथ पाठक, नेपाल सरकारको प्रशासन सेवाका पूर्वनिर्देशक गिरधर ढकाल, संस्थापक मधेशवादी नेता एवं हिन्दी भाषा अभियानी रमन पाण्डेय, लोसपा नेता डा.सुरेन्द्र झालगायतले संस्थाको प्रगतिका लागि कामनासहित शुभकामना व्यक्त गरेका थिए ।