149 जना ले पढेको
गौरमा त्रिकोणिय प्रतिष्पर्धा, जनमतको कमजोर मत, जसपाको प्राथमिकता " संगठन निर्माण "

रौतहट १ बैशाख २०७९ । रौतहट सदरमुकाम गौरका बिभिन्न चौकहरु अलग अलग पार्टिका चुनाव चिन्ह अंकित पोस्टर पम्प्लेटहरु लगाइएका छन् l चुनाव लडने मनसाय बनाइ सकेका उम्मेदवारहरुले घर दैलो समेत सुरु गरि सकेका छन् l स्थानिय तहको निर्वाचनको मिति नजदिकिए संगै दल र उम्मेदवारहरुले आफ्नो प्रचार प्रसार तिव्र बनाएको छ l यद्धपि नेपालि कांग्रेस ,नेकपा एकीकृत समाजवादी र जसपा लगायतका दलहरु बीच गठबन्धन हुने हो कि भन्ने सम्भावना पनि देखिएको छ l
गौर नगरपालिका वार्ड नम्बर ४ वस्ने एक युवक गौरको बिपी चौकमा होटेल संचालन गरेका छन् l उनले यस पालिको चुनाव निकै महँगो र तनावपूर्ण हुन् सक्ने बताउछन l चुनाव महँगो र तनावपूर्ण हुने कारण बारे बुझ्दा उनले यस पालि गौरको निर्वाचन उम्मेदवारहरुको लागि प्रतिष्ठाको लडाई पनि भएको बताए l उनले यस पटक मुख्य रुपमा लोसपा र एकीकृत समाजवादीका उम्मेदवार बीच मुख्य प्रतिस्पर्धा भए पनि नेपालि कांग्रेसले पनि दमदार उपस्थिति जनाइरहेको बताए l उनले लोसपाका उम्मेदवार र बर्तमान नगर प्रमुख अजय गुप्ताको अवस्था बलियो रहेको दावी गरे l तर उनले एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह र नेपालि कांग्रेसका उम्मेदवार मोहन यादवले पनि उनलाई कडा टक्कर दिरहेको बताए l
गौर नगरपालिका वार्ड नम्बर ६ सपगढ़ा बस्ने ४८ बर्षीय एक पुरुषले नाम सार्वजनिक नगर्ने सर्तमा चुनाव सम्बन्धि कुरा गर्न राजि भए l उनले बर्तमान नगर प्रमुख संग निकै गुनासो रहेको बताउदै गौर नगरपालिकालेले सोचे अनुसार बिकाश गर्न नसकेको बताए l तर उनले हाल उम्मेद्वारी दिएकाहरु मध्ये अजय गुप्तानै उपयुक्त पात्र देखिएको भन्दै गुनासो हरु हुदाहुदै पनि वहालाईनै मतदान गर्ने बताए l उनले आफु संगै आफ्ना टोलका कयौ व्यक्तिहरुले पनि उनलाईनै मतदान गर्ने बताए l उनकै छेउमा रहेका अर्का एक व्यक्तिको भनाई फरक छ l
उनले यस पालिको चुनावमा मतदाताहरु अझै खुल्न नसकेकोले कसैको जित हारको यकिन गर्न कठिन रहेको बताउछन l यद्दपि उनले त्रिकोणात्मक प्रतिस्पर्द्धा रहेको बिसयमा भन्ने बिस्वस्त रहेको देखिन्छ l उनले बर्तमान नगर प्रमुख एवम लोसपाका उम्मेदवार अजय गुप्ता, नेपालि कांग्रेसका उम्मेदवार मोहन यादव र एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह बीच कडा प्रतिष्पर्धा रहेको बताउछन l
उनले जनता समाजवादी पार्टिका उम्मेदवार किरण ठाकुरले पनि सम्मानजनक भोट ल्याउन सक्ने सम्भावना रहेको बताए l " संगठन बिहिन अवस्थामा रहेको जसपाले हालैका दिनमा वार्डहरुमा संगठन खादा गरेको छ , यो सुखद संकेत हो l जसपाका उम्मेदवार पनि महिला रहेकोले उनलाई समेत मत पाउन सक्ने मा जोड दिन्छन l गौर नगरपालिकामा जनता समाजवादी पार्टि जसपा बाट बर्तमान नगर उप प्रमुख किरण ठाकुर उम्मेदवार रहेकिछिन l उनि गत चुनावमा बर्तमान मेयर अजय गुप्ता संगै प्यानलमा निर्वाचित भएकी थिइन् l
गठबन्धन हुदा नया तरंग आउन सक्ने संकेत
चुनावको पुर्व सन्ध्यामा अधिकांश उम्मेद्वारहरुले आफ्नो प्यानल सेट गरिसकेको छ l तराई मधेशमा हुने निर्वाचनहरुमा जातिय समिकरण एक प्रमुख रणनिति हो l अहिलेका उम्मेदवारहरुले पनि सोहि क्लसटर अनुसार उम्मेदवार छनौट गरेको देखिन्छ l तर राष्ट्रिय राजनीतिमा गठबन्धन गर्न भैरहेको पहलले गौरको राजनीतिमा पनि तरंग आउन सक्ने सम्भावनाहरु देखिएको छ l
यो पुर्व प्रधानमन्त्रि माधव नेपालको गृह नगर भएकोले समेत उनको यहा बिशेस रुचि हुन् सक्ने र त्यसले गठबन्धनमा प्रत्यक्ष प्रभाव पार्न सक्ने आंकलन गरिएको छ l यसरि गठबन्धन हुदा नेपाली कांग्रेस र जसपाका उम्मेदवारहरुले चित बुझाउनु पर्ने देखिन्छ जुन सहज छैन l केन्द्र बाट गठबन्धन गरिएको अवस्थामा स्थानिय स्तरमा बागी उम्मेद्वारी हुने सम्भावना समेत देखिएको छ l
उम्मेद्वारहरुको आ आफ्नै दावी
यता केन्द्रमा गठबन्धनको लागि गृह कार्य भैरहदा गौरका उम्मेदवारहरुको भन्ने आ आफ्नै दावी रहेको छ l उनीहरु आ आफ्नो जित सु निश्चित रहेको बताउछन l गौर नगरपालिकामा लोसपाका उम्मेदवार अजय गुप्ताले आफ्नो जित सुनिश्चित रहेको बताउछन l
उनले आफ्नो कार्यकालमा नगरपालिकाले आफ्नो मुहार फेरेको र आम नागरिकले शुसासनको प्रत्याभूति गरेको बताउदै यस पालिको चुनावमा आफ्नो जित सुनिश्चित रहेको बताउछन l उनले आफु संगै आफ्नो पुरै प्यानालानै विजय हुने बताए l
यता एकीकृत समाजवादी पार्टिका उम्मेदवार सम्भु साह जनताले आफुलाई मन पराएकोले आफ्नो जित सुनिस्चित रहेको बताउदै आएका हुन् l उनले आफ्नो हरेक सभाहरु तथा मतदाताहरु संगको छलफलहरुमा यसपालिको चुनावमा आफ्नो प्रतिष्पर्धानै नरहेको बताउदै आएका हुन् l उनले पछिल्लो जन प्रतिनिधिहरुले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको बताउदै आफ्नो जित निश्चित रहेको बताउदै आएका हुन् l नेता शम्भु साह गत स्थानिय तहको निर्वाचनमा निकटतम प्रतिद्द्वंदी रहेका थिए l
नेपाली कांग्रेसका उम्मेदवार मोहन यादवको पनिआफ़्नै दावी छ l उनले यस पटकको चुनावमा युवाहरुको आकर्षणको केन्द्र आफु मात्रै रहेकोले आफ्नो जित पाका रहेको बताउछन l
उनले आफ्नो घरदैलो अभियानहरुमा मतदाताहरुको अपार समर्थन पाइरहेकोले जितने पुर्ण बिस्वास रहेको बताउछन l मोहन यादव गौर नगरपालिकाका पुर्व मेयर गौरी शंकर यादवका छोरा हुन् l यता गौर नगरपालिकाका नगर उप प्रमुख किरण ठाकुर भन्ने यस पालि नगर प्रमुखमा चुनाव लड्दै छिन l
उनि जसपा का उम्मेदवार हुन् l गत स्थानिय तहको निर्वाचनमा गौर नगरपालिकामा जसपाले सम्मानजनक मत ल्याएको थिए l नेत्री ठाकुर चुनाव लड्ने मनसाय बनाए देखि निरन्तर संगठन निर्माणमा लागेकी हुन् l उनले आफुले उप प्रमुखको पदमा हुदा नागरिक संगको सु मधुर सम्बन्ध बनाएको ,बिकाशका बिभिन्न कामहरु गरेको र सामाजिक अभियानहरुमा निरन्तर लागेकोले मतदाताहरुले आफुलाईनै मतदान गर्ने दावी गर्छन l
जसपामै बसेर राजनीति गर्दै आएका गंगाधर प्रसाद यस पालि भन्ने जनमत पार्टि बाट नगर प्रमुखमा भिड्दै छन् l उनि चर्चित ब्यापारी समेत हुन् l तर जनमत पार्टिले चुनावमा बलियो उपस्थिति जनाउने सम्भावना कमै रहेको स्थानियहरुको भनाइ रहेको छ l जनमत पार्टिको लागि यो पहिलो चुनाव पनि भएकोले सो पार्टीले केहि मत मात्रै पाउने अपेक्षा गरिएको छ l
गत चुनावको अवस्था
स्थानिय तह निर्वाचन २०७४ मा गौर नगरपालिकामा साइअकल चुनाव चिन्ह बाट तत्कालिन राजपा नेता अजय गुप्ता विजय भएका थिए l उनले कुल ५ हजार २ सय २३ मत प्राप्त गरेका थिए l उनका निकटतम प्रतिद्द्वंदी तत्कालिन नेकपा एमालेका नेता शम्भु साह रहेका थिए l