208 जना ले पढेको
निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको गठबन्धनको बैठक निष्कर्षविहीन

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन स्थगित भएको छ ।
आज विहान बसेको बैठक निष्कर्षविहिन स्थगित भएको बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
आइतबार प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । सो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो ।
हिजो आइतबार बसेको बैठक पनि निष्कर्षविहीन भएको थियो ।