232 जना ले पढेको
निर्वाचनमा बाल बालिकाको प्रयोग हुन् नदिन खवरदारी नगरपालिकामा ज्ञापनपत्र

रौतहट १३ वैशाख । आसन्न स्थानिय तहको निर्वाचनमा बाल बालिकाको प्रयोग हुन् नदिन खवरदारी स्वरुप रौतहटका गरुडा र माधव नारायण नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ l
स्थानिय स्तरमा सक्रिय युवाहरुको समुहले निर्वाचनमा बाल बालिकाको प्रयोग रोक्न तथा त्यसको लागि पहल गर्न दुवै पालिकलाई खबरदारी स्वरुप ज्ञापन पत्र बुझाएको हो l बिभिन्न १६ सुत्रिय मांग सहित बुझाइएको ज्ञापन पत्रमा चुनावमा बाल बालिकाको प्रयोग रोक्न अबिलम्ब पहल सुरु गर्नु पर्ने, बिधालय बाहिर रहेका बाल बालिकाको लागि बिशेष प्याकेजको ब्यबस्था गर्नु पर्ने , बालिकाहरुको क्षमता अभिवृद्धिको लागि बिशेस प्रयास थाल्नु पर्ने , हिंशाजन्य घटनाहरुको न्यूनीकरणको लागि पहल गर्नु पर्ने , बाल कल्याण अधिकारिको न्युक्ति हुनु पर्ने, सुबिधा सम्पन्न बाल शाखाको ब्यबस्थापन हुनु पर्ने , बाल बालिका सम्बन्धि घटनाहरुको घटना ब्यबस्थापन प्रणालिको ब्यबस्थापन हुनु पर्ने लगायतका मांगहरु ज्ञापन पत्र बुझाइएको हो l
वर्ल्ड भिजनको सहकार्यमा ग्रामिण बिकाश केन्द्र लौकाहाले संचालन गरिरहेको परियोजनाको क्रममा सो ज्ञापन पत्र बुझाइएको हो l रुपान्तरणको तालिम प्राप्त गरेका बाल बालिका तथा युवाहरुको समुहले थालेको बिभिन्न सामाजिक अभियान अनुसार उक्त ज्ञापन पत्र बुझाइएको हो l