237 जना ले पढेको
जलवायु परिवर्तन तथा मानविय सुधार युरोपियन युनियनको प्राथमिकताको बिषय : राजदुत नोना डिप्राज

धर्मेन्द्र कुमार साह
रौतहट । युरोपियन युनियनको तर्फ बाट नेपालको लागि राजदुत नोना डिपार्जले सरकारले तय गर्ने नीति अनुसार हरेक सहयोग गर्न तैयार रहेको बताएको छ ।
रौतहट जिल्लाको चन्द्रपुरमा रहेको होटेल तराई इनमा पत्रकारहरु सङ्गको छलफलको क्रममा राजदुत डिपार्जले जलवायु परिवर्तन,गरिबी निवारण,मानविय अवस्थामा सुधार लगायतको क्षेत्रमा युरोपियन युनियन निरन्तर रुपमा काम गर्दै आएको बताइन।उनले जलवायु परिवर्तनबाट भइरहेको सम्स्या र त्यसबाट जनजिबिकामा परिरहेको असर सम्बन्धमा युरोपियन युनियन जानकार रहेको बताउदै सरकार सङ्गको सहकार्यमा अगाडि बढिरहेको बताए। "
जलवायु परिवर्तनले नेपालिको जीवन यापनमा ठूलो क्षती गरिरहेको छ,सरकार सङ्ग को सहकार्यमा युरोपियन युनियन काम गरिरहेको छ।" उनले भने। उनले सन्चारकर्मीहरुलाई समेत जलवायु परिवर्तनका असरहरु तथा लैङ्गिक हिंशा सम्बन्धमा कलम चलाउन आग्रह गरिन् । युरोपियन युनियन पत्रकारहरुको हकहितमा पनि निरन्तर काम गरि रहेको बताउदै उनले आफुहरु थप काम गर्न पनि इच्छुक रहेको बताईन।
राजदुत नेना डिपार्ज सहितको टोलि युरोपियन युनियनको सहयोगमा सन्चालित विभिन्न परियोजनाहरुको अनुगमनको निमित्त मधेश प्रदेश आएकी थिइन् ।उनले ३ दिने मधेश बसाईको क्रममा अक्स्फाम,भि एस ओ,आर डि सि लगायतका संघ संस्थाहरुले सन्चालन गरेका विभिन्न परियोजनाहरुको स्थलगत अनुगमन गरेका हुन।