399 जना ले पढेको
म्यादी प्रहरी कर्मचारीहरुको बिदाई

रौतहट जेठ ०६ । स्थानिय तह निर्वाचन २०७९ को सुरक्षा प्रयोजनार्थ मिति २०७८/१२/२८ गते नियुक्ती गरिएका म्यादी प्रहरीहरुको ०६ गते ४० दिनको कार्यावधी पुरा भइ विदाइ गरिएको हो ।
यस जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीको प्रमुख आतिथ्यमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतको उपस्थितिमा गौर न.पा. वडा नं. ०२ स्थित श्री जुद्ध नमुना मा.वि. गौरको प्राङ्गणमा म्यादी प्रहरी कर्मचारीहरुको बिदाई कार्यक्रम गरिएको हो ।
म्यादी प्रहरीहरुले गरेको सेवाको उच्च मुल्याङकन गरी प्रमाण पत्र प्रदान गरी बिदाई कार्यक्रम सम्पन्न गरिएको हो ।