383 जना ले पढेको
स्थानीय तहको निर्वाचनमा दुर्गा भगवती गापामा खटिएका कर्मचारीको विदाई

रौतहट २२ जेठ । स्थानीय तहको निर्वाचन २०७९ को लागि दुर्गा भगवती गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा खटिएका कर्मचारीहरुको आज विदाई गरिएको हो ।
अध्यक्ष पदमा नवनिर्वाचित शम्भु सिंहले फूलमाला, टीका र गमछा ओढाई सम्मान साथ विदाइ गरेका हुन् ।
सम्मान कार्यक्रममा अध्यक्ष सिंहले भने यो निर्वाचनमा जिल्लाका लगभग धेरै पालिकाहरुमा मतदान र मतगणनालाई प्रभावित पार्ने कार्य जस्तै मतपत्र च्यातिने, मतदान भाड भैलो, मतपेटिका लुट्पाट, हिंसात्मक घटना, मारपिट भएका छन् । तर यो गाउँपालिका सामान्य विवाद पनि सृजना भएन यसको पूरा श्रेय यी निर्वाचनका कर्मचारी र यहाँ खटिएका प्रशासनलाई जान्छ । शान्त,भयरहित वातावरणमा चुनाव र मतदान सम्पन्न गराउनमा यी कर्मचारीहरुले खेलेको भूमिकाको विषेश कदर गर्दै उहाँहरुलाई बहुत-बहुत धन्यवाद छ ।
निर्वाचन अधिकृतको रुपमा दिनेश रेगमी, सहायक निर्वाचन अधिकृत देवनाथ यादव, लेखा अधिकृत ब्रजकिसोर साह रहेका थिए भने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव हुन् ।
सम्मान कार्यक्रममा पालिका नवनिर्वाचित सम्पुर्ण वडा अध्यक्षहरुको उपस्तिथि रहेको थियो ।
सहायक निर्वाचन अधिकृत देवनाथ यादवले निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य सक्न सहयोग गर्नु हुने सम्पूर्ण शुभ चिन्तकहरुलाई मुरी मुरी धन्यवाद तथा निर्वाचित सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।