137 जना ले पढेको
क्रिकेट खेलाडी विराट कोहली बने २० करोड फलोअर्स भएका विश्वकै पहिलो क्रिकेटर

रौतहट २५ जेठ । खराब प्रदर्शन र लगातार क्रिकेटका कारण भारतीय टोलीका पूर्व कप्तान विराट कोहलीले आराम गरिरहेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्धको अर्को टी-२० सिरिज खेल्ने छैनन् ।
क्रिकेट मैदानबाट छोटो ब्रेक लिएर पनि फ्यानमा कोहलीको क्रेज घटेको छैन । सामाजिक सञ्जाल इन्स्टाग्राममा विराट कोहलीका फलोअर्स लगातार बढ्दै गएका छन् ।
यो मामिलामा कोहलीले नयाँ कीर्तिमान बनाएका छन् । उनी २० करोड इन्स्टाग्राम फलोअर्स भएका विश्वकै पहिलो क्रिकेटर बनेका छन् ।
विश्वभरका सबै खेलकुद दिग्गजहरूको फलोअर्सको सूची हेर्दा कोहली तेस्रो नम्बरमा आउँछन् ।
इन्स्टाग्राममा विश्वभर सबैभन्दा धेरै फलो हुनेमा पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र त्यसपछि अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सी छन् ।
रोनाल्डोलाई ४५१ मिलियन (४५.१ करोड) र मेस्सीको ३३४ मिलियन (३३.४ मिलियन) फ्यानले फलो गरेको छ ।