246 जना ले पढेको
विद्यालय अनुगमनको क्रममा मेयर कन्थमणी प्रसाद जयसवाललाई भव्य स्वागत

रौतहट १३ असार । गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले वडा नं.८ बसबिटि जिगडियामा रहेको रामचन्द्र माध्यमिक बिधालयमा अनुगमन गरेका छन् । अनुगमनको क्रममा बिधालयका शिक्षक तथा बिधार्थी भाई-बहिनिहरुले मेयर जयसवाललाई फुलले भव्य स्वागत गरेका थिए । जसले उनी आफू धेरै भाग्यमानी भएको ठाने ।
अनुगमनको क्रममा केही कमिकमजोरी देखिएपछी तत्काल सुधार गर्न निर्देशन समेत दिएका छन् । यसै अवसरमा नयाँ भवनको शिलान्यास गर्ने मौका पनि पाए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको आयोजनाबाट १८ लाखको लागतमा २ कोठे पक्की भवन निर्माणको शिलान्यास गरेका छन् । जिर्ण भवन तथा भवनको अभावले प्रभावित बिधालयको अनुगमन गरि बिधालयमा चाहिने भौतिक पुर्वाधारहरुको निर्माणमा नगरपालिकाको सहयोग र समन्वय हरदम रहने छ बताए । साथै शिक्षा क्षेत्रलाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर गुणस्तरीय शिक्षामा जोड दिने पनि बताए ।