348 जना ले पढेको
आप्रवासी श्रोत केन्द्र रौतहटको समिक्षा बैठक सम्पन्न

रौतहट असार १९ । आप्रवासी श्रोत केन्द्र रौतहटको योजना गौर नगरपालिकाको सभा हलमा समिक्षा बैठक सम्पन्न भएको छ । श्रोत केन्द्रको सूचना अधिकृत निलु झाले कार्यक्रममा आप्रवासी श्रोत केन्द्रले यस आर्थिक वर्षमा गरेको कामको प्रगति प्रस्तुत गरेका थिए ।
यस आवमा ३ हजार ४ सय ६७ जना लाई सूचना परामर्श प्रदान गरेको गरिएको छ । एजेंट तथा म्यानपावर कम्पनी र बैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट प्रभावित व्यक्ति तथा तिनका परीवारलाई ८७ लाख रकम फिर्ता गर्न लगाएका हुन् । त्यस्तै ४५ जना लाई शिपमुलक तालिम दिइएको छ । हाल सम्म ८७ वटा केस दर्ता भएकोमा ४५ वटा शंका केसमा सफलता मिलेको सूचना अधिकृत निलु झाले जानकारी दिएका छन् ।
यसबाट लाभान्वित व्यक्ति/सहभागीहरूले यश कार्यलाई खुलेर प्रशंसा गरेका छन् र साथै यसता किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिनको लागी अपिल पनि गरेका छन् ।
कार्यक्रम को समापन गौर नगरपालिका को उप प्रमु श्री शैल देबि साह ज्यूले गर्नु भएको थियो।
कार्यक्रममा गौर नगरपालिकाको उप प्रमुख शैल कुमारी साह, वडा नं.५ का वडा अध्यक्ष शिवशंकर यादव लगायत सयौं सहभागीहरुको उपस्तिथि रहेका थिए । यो कार्यक्रम नगर प्रमुख शम्भु साहको अध्यक्षता सम्पन्न भएको छ ।