385 जना ले पढेको
बजाज मोटरसाइकलको सो रुम अब शिवनगरमा पनि, नगर प्रमुख कन्थमणीले गरे उद्घाटन

रौतहट । बजाज मोटरसाईलको अधिकृत बिक्रेता उत्कर्ष मोटरसले आफनो शाखा रौतहट सिवनगरमा विस्तार गरेको छ ।
सनिवार पुजापाट गर्दै उत्कर्ष मोटरसले रौतहट मध्य भाग गरुडा नगरपालिकाको सिवनगरमा असार २५ गते देखि ३० गते सम्मको लागि एक्सचेन्ज औफर सहित आफनो कारोवार शूरु गरेको प्रोप्राईटर मनिष जैसवालले बताए ।
जिल्ला वासीलाई बजाज मोटरसाईलको खरिदारीको लागि सहजता प्रदान गर्न ग्रहकको मागँ अनुसार शाखा विस्तार गरिएको र पुर्णसन्तुषटीका साथ सेवा प्रदान गर्ने प्रोप्राईटर जैसवालले जानकारी गराए ।
शुभारम्भ कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी कल्वार, पूर्व उपमेयर रंगिला देवि जैसवाल, स्थानीय अगुवा, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।