1055 जना ले पढेको
भन्सार एरिया लगायत महादेवपट्टी चौकी भएर दिनहुँ हुन्छ तस्करी !

रौतहट, २६ असार । पैसाको लागि जे पनि गर्न सकिन्छ ? त्यत्रो मैनपावर दिएर सीमालाई सुरक्षित राख्न तथा अवाञ्छित गतिविधिहरु हुन नदिन परिचालन गरिएका जिम्मेवारी लिएका निकाय नै पैसाको लोभ लालचमा चुर्लुम्म डुब्न थालेपछि अन्य क्षेत्रको अवस्था कस्तो होला ? विचारनिय विषय रहेका छन् ।
गौरको मुख्य नाका भन्सार एरिया, महादेवपट्टी र बेलबिछवाको हाल वेहाल छ, चोरी तस्करी भईरहेको अन्य चोर नाका भन्दा व्यस्थित रुपमा यी नाकाहरु भएर सामान ओसारपसार यतिखेर तिव्र बनेका हुन् ।
गौर नपा २ महादेवपट्टी चौकी नाकाका इन्चार्ज जगदीश यादव आए देखि नै तस्करी पुर्ण रुपमा फस्टाएको स्थानीयहरु बताउँछन् । ईन्चार्ज यादव कै ईसारामा प्रहरी जवान र हवल्दारहरु व्यापारीसंग खास गरि बिहान र बेलुका पैसा असुल्ने गरेका छन् ।
रौतहट सदरमुकाम गौर नगरपालिका संग जोडिएको भारतीय नाका भन्सार एरिया भएर विहानै देखि वेलुकी सम्म अबैध कारोवारको संजाल फैलिदै गएको छ । के घाम, के पानी, के सुरक्षाकर्मी कसैको पर्वाह नगरी दिनभरी सामानहरु अबैध रुपमा ओसारेर ल्याउने गर्दा त्यसको दुई किसिमको घाटा नेपाल सरकारलाई भईरहेको हो ।
एसएसबीले तेश्रो आँखा छलेर लैजान इजाजत दिएको देखिन्छ भने नेपाली सुरक्षाकर्मीहरुलाई तेश्रो आँखाबाट कुनै प्रभाव पर्नेवाला छैनन किन भने पैसा भए सबै थोक पुग्यो ।
सिमापारी बोर्डरमा खटिएका एसएसबीको चेकजाँच टोलीले आम नागरिक बाहेक अन्य कुनै तस्करलाई सामान लिएर नेपाल तिर आउन दिएका छैनन् । आम नागरिकलाई गहन चेकजाँच गरेर आउन र जान दिएको छ तर एसएसबीले ५० मिटर पश्चिम र पूर्वको बाटो भएर तस्करहरुलाई सामान लिएर नेपाल तिर जान दिएका छन् किन भने मुख्य नाकामा सिसिटिभी क्यामराबाट २४ सौं घण्टा मोनेटरिंग भईरहेको हुँदा त्यसो गरेको बताइन्छ ।
भारतबाट नेपाली भु भागमा महिला देखि पुरुष र बालबालिकाहरुले टाउकोमा ल्याएका सामानहरु क्रान्तिद्धार भएर निर्वाध रुपमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीलाई आर्थिक चंगुलमा पारेर सामानहरु सजिलै ल्याइरहेका छन् ।
त्यसलाई रोक्ने आँट कसैमा छैनन किन भने ल्याउने व्यक्ति प्रत्येक साता, महिना वा दैनिक रुपमा तोकिएको रकम बुझाउने गरेका छन् ।आम नागरिकहरु घरायसी प्रयोजनको लागि सामानहरु ल्याएमा दुख दिने अनेक उपायहरु लगाउने गर्दछन् आजिज भएर केही रकम दिएपछि छाड्ने गरेको भन्सार एरिया श्रोतले बतायो ।
भन्सार एरिया देखि लिएर क्रान्तिद्धार सम्म सिसिटिभी क्यामरा जडान गरिएको छ तर नेपालीलाई तेश्रो आँखाबाट कुनै प्रभाव पर्ने वाला छैनन् यसैले भन्या होला पैसा देखेपछि भगवान शंकरको त्रिनेत्र पनि खुल्छ ।
विहानै देखि क्रान्तिद्धार भन्दा दक्षिण पटि सडकको दुबै किनारमा तस्करीको माध्यमबाट आएका कपडा, चिनी, धुप, खाने तेल, चामल, लगातका विभिन्न सामानहरु राखिएका हुन्छन । त्यहाँबाट विस्तारै विस्तारै टाउकोमा राखेर व्यापारीको पसलमा पुग्ने गरेको पाइएका छन् ।
यस्ता अबैध कार्य माथि नियन्त्रण गर्ने निकाय कोही भएन । किन भने भेटी चढाएर भन्सार सुरक्षा चौकीमा गएका हुन्छ, जसरी भएपनि रकम उठाउनु बाहेक अन्य कुनै काम अहिले नरहेको आरोप स्थानीय बासिन्दाहरुले लगाएका छन् ।
साभार: teraitop.com