233 जना ले पढेको
रौतहटको कटहरिया नगरपालिका -७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

असार ३१ गते, रौतहट ।
सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि रौतहटको कटहरिया नगरपालिका वडा नं ७ बगहिमा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्षको योजना तथा कार्यक्रमको समिक्षा गर्दै यस आर्थिक वर्ष २०७९।८० मा वडामा के कस्ता विकास निर्माणका कामहरु गर्नुपर्छ भन्ने बारेमा स्थानीयहरू को सुझाव संकलन गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिकरण गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममागत वर्षका सम्पुर्ण योजनाको रकम, कार्य प्रगति, हुन नसकेको कामका कारण, कोभिड १९ को प्रभाव तथा वडाबाट खर्च भएको विवरण लगायतका विषयमामा वडा अध्यक्षले उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागी स्थानीयहरुले बगहिमा किसानलाई खेतीपाती गर्न समयमा मल उपलब्ध गराउनुपर्ने, कृषि सडक निर्माण, विद्युतीकरण, सिंचाईको व्यवस्था, अधुरो सडक निर्माण, पक्की सडक ढलान, नाला निर्माण, बर्थिङ सेन्टर निर्माण, विद्यालयमा गुणस्तरीय शिक्षाका लागि राम्रो शिक्षकको व्यवस्था लगायत हुनुपर्ने माग राखेका थिए।
त्यसपछि मेयर अजय प्रकाश जयसवालले यश वर्षको नीति तथा कार्यक्रममा वडा मार्फत स्थानीयहरुको उक्त मागहरु पूरा गर्ने प्रतिबद्दता जनाएका छन।
स्थानीयहरुको चाहना र आवश्यकताको आधारमा आफू उक्त वडामा बजेट विनियोजन गर्ने मेयर जयसवालले प्रस्ट पारेका थिए।
स्थानीयहरुको चाहना अनुसारको नै विकास निर्माण लगायत कार्य गर्नका लागि आम नागरिकको सुझाब संकलन गरी सोही अनुसार अगाडि बढ्ने हिसाबले आफू सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्न लगाएको उनले बताए।
कार्यक्रममा नगरपालिकाकी उपमेयर रिता देवी, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, पत्रकार प्रकाश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।