330 जना ले पढेको
आगलागी पीडितलाई मेयर शम्भुले गरे नगद सहित खाद्यान्न सामग्री सहयोग

रौतहट साउन ०२ । आगलागी पीडितलाई गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले नगद सहित खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
रौतहटको सदरमूकाम गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । एकै चोटी तिन जनाको घरमा आगलागी भएको छ ।
स्थानिय ढोरा चनौं, छेराही चनौं र मंगनी चनौंको घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट भएको हो ।
आगालागीमा घरमा सबै समानहरु जलेर नष्ट भएको स्थानीयले बताएका छन् । ग्यास सिलिण्डर पडकिएर आगलागी भएको बुझिएको छ । गौर नगरपालिकाको बारुण यन्त्र दमकल समयमै पुगेर ठूलो क्षती हुनबाट जोगिइएको थियो । दमकल र स्थानियको सहयोगमा आगलागि नियन्त्रणमा गरिएको थियो ।
यसै बिच खबर पाए लग्तै नगरप्रमुख शम्भु शाह आगलागी भएको ठाउँमा पुगेका थिए । पिडित प्रती परिवारलाई नगद २० हजारका दरले राहत स्वरुप सहयोग गरेका छन् भने तत्कालै दुई बोरा चामल र खाद्यान्न सामग्री सहयोग गरेका छन् ।