496 जना ले पढेको
गौर-बैरगनिया नाकाबाट पुनःसवारी साधन आवातजावतको लागि पहलमा जुटे मेयर शम्भु साह

रौतहट ०१ भदौ । रौतहटको सदरमुकाम गौर संग जोडिएर रहेको भारत विहारको बैरगनिया बोर्डर (गौर-बैरगनिया नाका) बाट सार्वजनिक सवारीको आवातजावत कोरोना काल देखि नै हाल सम्म बन्द रहेको छ ।
उक्त नाका भएर सार्वजनिक सवारी साधन पुनः सुचारु गराउन गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले प्रयास थालेको छ ।
यसका लागि भारतीय समकक्षीहरुसंग टेम्पु चालकलाई सहमतिमा ल्याउन विभिन्न विकल्प बारे आफ्नै कार्य कक्षमा छलफल गरेका छन् ।
सीमा नाका हुदै सार्वजनिक साधन बन्द गर्ने निर्णय राष्ट्रीय नभई स्थानीय नै रहेको कुरा उक्त छलफलबाट बाहिरिएको छ | यसका लागि मेयर साहले हरेक निकाय संग समन्वय गरि चाडै नै नाकाबाट पुर्ण रुपमा आगमन हुने कुरामा विश्वास दिलाउनु भएका छन् ।