59 जना ले पढेको
राजनिति पहुँच नभएकालाई रौतहटको सरकारी गौर अस्पतालमा उपचार गराउन गार्हो

गौर/असोज -२१
मधेस प्रदेश सरकारको मातहतमा रहेको रौतहटको गौर अस्पतालको अवस्था पुरानै लयमा फर्किन थालेपछि गुनासो बढदै गएको छ।
स्थानीय चुनाव अगाडि सम्म रेफर र रोगी अस्पतालको रुपमा परिचीत गौर अस्पतालमा स्थानीय तहको निर्वाचन पछि निकै परिवर्तन आएको थियो ।तर पुनः अस्पतालको सेवा -सुबिधा लथालिङ्ग हुन थालेपछि स्थानीय आक्रोशित बन्न थालेका हुन् ।
अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमी सहितले प्रदेश सरकारको सहयोगमा ईमर्जेन्सी वार्ड देखि प्रसुति गृह लाई चिटिक्क र सफा देखिने हिसाबले टाईल्स मार्बल सहित मर्मत सम्हार गरिएको थियो ।
अस्पताल बिकास समितिले प्रदेश सरकारबाट अत्याधुनिक एक्सरेमेसिन ,भेन्टिलेटर ,आईसियु सहित विभिन्न रोगको उपचारको लागि पनि उपकरण ल्याउन सफल भएको थियो ।अस्पताल अब धेरै सुध्रियो झै लागेको थियो ।
तर बिडम्बमा जनताको लागि सरकारले उपलब्ध गराएको आधुनिक उपकरण एक्सरे- मेसिन साथै विभिन्न रोगको चेक जाचको मेसिन बाट गरिब ,निमुखाहरु सेवा बाट बन्चित हुन थालेपछि सेवाग्राहिको मन दुख्न थालेको हो।
टाईल्स र मार्बलले अस्पतालको भिता टालिए पनि गरिब र निमुखा रोगीको मन नटालिएको स्थानीयको भनाई छ।
बिरामीले आफुहरुले पाउने पर्ने स्वास्थ उपचार र सेवा सुबिधा पाउनुको सट्टा सास्ति खेप्न बिबस छन् ,राजनिति पहुच भएकालाई जुन सुकै बेला सेवा सुबिधा पाईरहेको छ तर गरिब निमुखा अहिले पनि आवश्यक सेवा सुबिधा बाट बन्चित भईरहेको गौर -५ का रामबलम यादबले बताए ।
पहुँचको भरमा उपचार हुदै छ अब गौर अस्पताल सर्वसधारणको लागि रहेन यादबले दु:खेसो पोखे।
अस्पताल बिकास समितिका अध्यक्ष र सदस्य बिच मनमोटाब हुँदा अस्पतालमा राजनिति शुरु भएको र यसको प्रभाव सेवाग्राही माथि परेको समितिका एक सदस्यले नाम नबताउने सर्तमा बताएका छन् ।
अध्यक्ष र सदस्य बिच भागबण्डा नमिल्दा बिबादले चरमसिमा नाघेको उहाँले बताए । सबैले आ -आफ्नो लोभ त्यागेर जनताको गुनासो प्रति गम्भिर हुनु पर्ने उनको तर्क थियो।
अर्को तिर डाक्टर देखि साना कर्मचारीमा जारी गुटबन्दीले जनताको स्वास्थ्य संग खेलवाड हुँदै छ यस प्रति यहाँको मेयर देखि सान्सद सम्मको ध्यानाकर्षण हुनुपर्ने पुरेनवाका जयकिशुन साह "तेली"ले बताए ।
आफु अनुगमन गर्दा अस्पतालमा सेवा ग्राहिले केहि राहत पाएपनि पछिल्लो समय जनताले सास्ति पाईरहेको गुनासो आउन थालेको छ,अस्पताल प्रदेश मातहत पर्ने भएकोले यस विषयमा मधेस सरकार संग कुरा गर्ने मेयर शम्भु साहले बताए ।
रौतहटमा १८ स्थानीय तहको नपा- गापामा रहेको स्वास्थ चौकीहरुमा राम्रो डाक्टर र औषधी उपलब्ध नभएपछि स्वास्थ्यमा खराबी आईपर्दा गाउँका मान्छेहरु धेरै आश बोकेर जिल्ला अस्पताल गौरमा आउने गरेका छन्।
तर राम्रो उपचार हुन्छ भने आशा लिएर आएको बिरामीलाई गौर जिल्ला अस्पतालका डाक्टर ,स्वास्थ्य कर्मिले भने जस्तो सेवा सुबिधा नदिई फर्काउने गरेको गौर अस्पताल आरोप अस्पताल परिवार माथि लागेको छ।
नेपाल सरकारले गरिब, असहाय, निमुखा जनता तथा आम नागरिकको लागि ७० प्रकारका औषधीहरु उपलब्ध गराए पनि जिल्ला अस्पताल गौरले विभिन्न बहाना बनाई बिरामीहरुको हातमा सिधै औषधीको पुर्जी थमाई अस्पतालको छेउछाउमा निजी औषधी पसलबाट खरिद गर्न पठाउदै आएको आरोप छ।
बिरामीहरुको सहज र सुलभ सेवा दिने उदेश्यले नेपाल सरकारबाट लाखौ मुल्य बराबरको ल्याब प्रयोग शाला उपलब्ध गराए पनि रौतहटको जनताले त्यसबाट कुनै सेवा नलिईकन सिधै असपताल गेट अगाडीको ल्याबमा चेकजाच गर्ने पुर्जी लिई बाहिर महगो शु:ल्क तिर्न बाध्य बनेका पीडित एक बिरामीले गुनासो पोखेका छन ।
प्रसुती गृहको वार्डमा रहेका स्टाप नर्सले सुत्केरी,गर्भबति महिला संग अनावश्यक रकम असुल्ने कार्य जारी राखेकोले अस्पताल बिकास समितिको ध्यानाकर्षण र निगरानी हुनु पर्ने जनताको माग रहेको छ।
महिला देखि देखि ईमर्जेन्सी फाटमा खट्ने केहि कर्मचारीले बिरामी संग गर्ने व्यबहार संग जनता संतुस्ट नरहेको समेत स्रोत बाट खुलेको छ।
पटक- पकट अस्पताल प्रशासनलाई गुनोसो गर्दा पनि कानमा तेल हालेझै बसेको तर यहाँका विभिन्न राजनीतिक दलका नेता वा प्रमुखले समेत आफनो जिल्लाको स्वास्थ अवस्था सुधार गर्ने तिर ध्यान नदिएकोले अस्पतालको अवस्था जनता खोजे झै हुन नसकेको समाजसेवि हृदय नारायण यादवको भनाई छ।
अस्पतालमा देखिएको समस्या र जनताको गुनासो बारे अस्पताल बिकास समिति अध्यक्ष अनवर हासमी संग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।