204 जना ले पढेको
घरदैलोलाई तिब्र पारे स्वतन्त्र उम्मेदवार रवि जयसवाल

रौतहट ३१,असोज । प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार रवी जयसवालले मतदातासँगको भेटलाई तिब्र पारेका छन् ।
सोमवार बिहानै वडा नम्बर ८ बिर्ताका मतदातासँग अन्तकृया गर्नुका साथै उनले सुझाव लिएका छन् ।
बिर्ताका मतदाताले अबको चुनावमा स्वतन्त्र उम्मेद्वार जयसवालको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफू स्वतन्त्र उम्मेद्वार बनेर मतदाताको घरदैलोमा मत माग्न आइपुगेको भन्दै जयसवालले आउँदा दिनमा मतदातासँगै रहेर काम गर्ने प्रतिबद्धता जनाए ।
यस अघि विभिन्न राजनीतिक दलमा आवद्ध रहेका स्थानीय अहिले भने पार्टी नहेरी व्यक्ति हेर्ने भन्दै स्वतन्त्र उम्मेद्वार जयसवाललाई विजयी बनाउने अभियानमा समाहित हुने बताएका थिए । यस्तै स्वतन्त्र युवा उम्मेदवार जयसवालले साझपख गरुडा ९ सिसवा-धमौराका मतदाता संग भेटघाट गरेका छन । भेटघाटको क्रममा मतदताबाट पाएको हौसला र मायाले आफु जितेको जस्तै महसुस भएको उनले बताए ।