435 जना ले पढेको
प्रादेशिक अस्पताल गौरको बेथितिको ब्यापक गुनासो बढेपछी मेयर साह एका-एक एक्सनमा, सोधे स्पष्टीकरण

रौतहट । गौर प्रादेशिक अस्पतालको सम्बन्धमा व्यापक जनगुनासो आएपछि आज एक्कासी अनुगमन गर्न पुगेका हुन ।
अनुगमनको क्रममा सरसफाइमा कमि देखिएको तथा स्टोर, इमर्जेंसी इन्चार्ज र चिकित्सकहरुको लापवहीका कारण हिजो राती म्याद नाघेको स्लाइन प्रयोग भएको लगायत कमि पाइएपछि सो बारेमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णा शाह लगायतसंग स्पष्टीकरण माग गरेका हुन् ।
साथै अस्पतालमा तत्काल सेवा सुविधा सुढृढ गर्न, सरसफाईमा विशेष ध्यान दिन निर्देशन समेत दिएका हुन ।
सर्वसाधारणको सहजताका लागि छिटै गौर नगरपालिकाद्वारा सो अस्पतालमा गौर नगरपालिकाको सहायता कक्ष स्थापना गरी सेवाग्राहीले पाउने सेवालाइ थप प्रभावकारी बनाउन पहल गर्ने बताएका छन् ।