135 जना ले पढेको
महाभोज ! जातिय बर्गीय मुक्ति र समृद्धिको लागि राजनीति थालेकाहरुको लागि चुनाव महाभोज बाहेक केहि छैन यो समाजवादी व्यबस्थाको चिरहरण हो ।

२३ चैत्र २०७८
संवाद, पृष्ठभुमिको संगीत, लाइटिङ, साजसज्जा र कलाकारको पहिरनले नाटकलाई जीवन्तता दिएको छ ।रंगकर्मीहरु लयवद्ध रुपमा रंगमंचमा आफ्नो उपस्थिति जनाउदै छ l मण्डला थियटर अनामनगरमा ' मैले देखेको पहिलो नाटक हो महाभोज' l लासमाथिको महाभोज l विश्वेश्वर उर्फ विशुको लास सीतापुरको पुलमुनि भेटिन्छ । शिक्षित र सचेत दलित युवा किसान, मजदूर र दलितको पक्षमा आवाज उठाउँथे । यहीबाट नाटक ‘महाभोज’ को कथा अगाडि बढ्छ ।विशुको हत्या भएको छ । तर, उनको लासमाथि दलहरू राजनीति गर्छन् । पत्रकारहरू फाइदा उठाउनेतिर लाग्छन् । प्रहरी दलकै मतियार बन्छ । उनका साथी विनोद हत्यारालाई चिन्छन् । तर प्रहरीले षडयन्त्रपूर्वक विनोदलाई नै हत्यारा बनाउँछ । वास्तविक हत्यारालाई लुकाउँछ।
एकातिर विशुको लास लडिरहेको छ । अर्कातिर नेताहरू भोजमा मस्त छन् । शासकहरूले आफ्नो स्वार्थका लागि सर्वसाधारणको जीवनलाई गोटी बनाउने गरेको विषय नाटकमा देखाइएको छ । गरीब तर निर्दोष जनताको सुखको सपनालाई ‘मजाक’ बनाइएको घटना नै नाटकको विषय हो ।भारतका एक चर्चित लेखक मन्नु भण्डारीले लेखेको उपन्यास हो महाभोज l
“बेवारिसे लासको गिद्ध नाच्दै–नाच्दै खाइरहेछ ।”उपन्यासको सुरुमै लेखिएको वाक्यांशको मर्फताले पंक्तिकारले सहिदको लाश कसरि नेताहरुको सत्तारोहणको सिढि बन्दै छ भन्ने व्यंग्य गरिएको छ l उपन्यासमा अन्यायको बिरुद्ध दलित ,उत्पिडित बर्गको चेतनाको स्वरको रुपमा प्रस्तुत गरिएको बिशुको हत्या हुन्छ , अनि हत्याको आरोपमा उनकै अर्का निर्दोष साथीलाई फ़साइञ्छ ,बिक्षुको लाश माथि महाभोज हुन्छ l नाटक सक्छ l
करिब ३ बर्ष पहिले मैले देखेको नाटक " महाभोज " ले मलाई फेरी बिउझ्याउछ lकुनै बेला हाम्रै गाउ टोलमा दलित ,बिपन्न घर ,सम्पति ,गहना गाउकै साउ महाजनको घरमा बन्धकी हुन्थ्यो ,आज ति भातिक सामानहरु त् बन्धकी मुक्त भए तर तिनका अवाज ,तिनका स्वतन्त्रता र तिनका बिचारहरु अझै पनि बन्धकिमै छन् l
महाभोज केवल स्वाधिनता आन्दोलनका उच्च आदर्शहरु,महान त्याग र तपस्याका बिर गथाहरुको वर्णन मात्रै होइन यो त चुनावी राजनीतिले सृजना गरेको विकृत रुपलाई पनि उजागर गरेको छ l
जहा राजनीतिको सर्वाग्रासी स्वरुपले ब्यबस्थालाई जनबिद्रोही बनाई दिएको छ l नाटकका बिभिन्न आयामहरूले नेपालि राजनीति र राज्य व्यबस्थाको अवस्थाको समेत प्रतिनिधित्व गरेको छ l
स्थानिय तहको चुनाव नजदिकिदै छ , दलहरु र तिनका नेता कार्यकर्ताहरु चुनावी प्रतिष्पर्धामा होमिदै छ l हिजो सम्मका कट्टर क्रान्तिकारी शक्तिहरु आफैले कुनै बेला बुर्जुवा र दक्षिणपन्थी नामाकरण गरेका दलहरुमा जान तछाड मछाड गर्दै छ l मानौ यो दल छान्ने वा परिवर्तन गर्ने मौसम हो l अझै रोचक त के छ भन्ने कुनै बेला जन विद्रोहको गर्भ बाट जन्मेका र मधेशवादी दलको निर्वाचन चिन्हबाट निर्वाचन समेत जितेका नेताहरु एकै साथ् बिभिन्न अलग अलग दलहरु संगको सहकार्यमा छन् l उनीहरु आफै कुन दलमा जाने भन्ने कुरा तिनलाई आफै थाहा छैन l यो अवस्था भनेको आस्था , बिचार र सिद्धान्त भन्दा पनि व्यक्तिगत ब्यबस्थापनको चरण हो l
अब प्रश्न उठछ मधेशी नेताको दल परिवर्तन किन?
आन्दोलन र चुनावको रसायन बिल्कुलै पृथक हुन्छ l आन्दोलनको रापतापका बीच सम्पन्न भएका पछिल्ला चुनावहरुमा शक्तिआर्जन गरेकाहरुले आसन्न चुनावमा आन्दोलनको रापताप सेलाईसकेको बुझिसकेका छन् l ति नेताहरु सडकमा हुदाको बखतमा भुईतहबाट पाएको सहानुभूति सत्ताको तछाड मछाडमा पुगेपछि अस्वाभाविक रुपमा विरोधाभाषमा बदलेको छ l बहुतहको सरकारमा सहभागी भैसकेको मधेश केन्द्रित दलहरु सरकारमा सहभागिता त जनाए तर तिनको प्रशासनिक क्षमता बढन सकेन l राज्यनै राजनीतिकरण भैरहेको अवस्थामा राज्यका प्राय सबै पात्रहरु दल बिशेषको आवरणमा छ l मधेशको भुई तहमा राजनीतिक गरिरहेकाहरुले आफ्नो सुरक्षा संघिय दलहरुकै छाहारिमुनी महसुस गरेको छ l
बदलिदो परिस्थितिमा सत्ताको भर्याङ्ग चढन कथित नेताहरुले थालेको दल अदल बदल वास्तवमा महाभोजनै हो l सहिदको लाश माथिको महाभोज ,त्याग र तपस्या माथिको महाभोज l