342 जना ले पढेको
क्यान्सर पिडितलाई श्री वीर दल गण पुरेनवाका सेनाले गरे रक्तदान

रौतहट भाद्र ३० । रौतहटको जिल्ला प्रादेशिक अस्पताल गौरमा उपचाररत एक क्यान्सर विरामीलाई नेपाली सेनाका दुई जवानले रक्तदान गरेका छन् ।
गौर नगरपालिका वडा नम्बर ८ पुरेनवा घर भएका क्यान्सर पिडित ३६ वर्षीय मंजय पाण्डेलाई प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा शरीरमा रगतको अभाव हुँदा श्री वीर दल गण पुरेनवाका दुई नेपाली सेनाका जवानले रक्तदान गरि ज्यान जोगाउन सफल भएका हुन् ।
उपचाररत पाण्डेको बुवा नन्दलाल पाण्डेले गणबाट सहयोग मागे पश्चात् उक्त गणका दुई सेना प्युठ चन्द्रवीर सुनार र प्यूठ उदय सिंह अस्पताल गई ए पोजेटिभ१/१ पौण्ड रक्तदान गरेका थिए ।
रक्तदान गरेका दुबै सेनाका जवानलाई उनका बुवा नन्दलालले स-हृदय धन्यवाद दिएका थिए ।