99 जना ले पढेको
रौतहटको गढीमाई नगरपालिकामा कोल्ड स्टोरको निर्माण कार्य सुरु

रौतहट । गढीमाई नगरपालिका समनपुर बिजय स्मार्क चौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ ।
उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो हो । शीत भण्डार सञ्चालनमा आएपछि गढीमाई नगरपालिका कृषकहरु लभानवित हुनेछन् ।
३००० मेट्रिक टनका अन्न भण्डारण गर्न सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र
यादवले जानकारी दिनुभयो ।
शीत भण्डार (कोल्ड स्टोर) को शिलान्यास गर्नुहुँदै गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवले भन्नुभयो नगरका सबै वडाका कृषकहरु समेत लाभान्वित हुने बताउनुभयो
शित्त भण्डार छिटोभन्दा छिटो सम्पन्न गर्ने लक्ष्य राखेर आगाडी बढेको नगर प्रमुख श्याम प्रसाद यादव र, वडाध्यक्ष दिपेन्द्र श्रेष्ठ, र रामपुकार यादव, राजिव यादव, रामसिंहासन यादवले जानकारी दिनुभयो ।
गढीमाई नगरपालिका समनपुर मा शीत भण्डार सुरु गरिएकोमा स्थानीयले निकै खुशी ब्यक्त गर्नुभयो ।