808 जना ले पढेको
निःशुल्क अध्ययन गराउँदै आएको छु:- शिक्षक निरज साह

रौतहट असोज ०५ । गौर नगरपालिका वड़ा नम्बर १ का नीरज साहले विगत २३ वर्ष देखि निःशुल्क शिक्षा दिँदै आएका छन् । गरिब जेहेन्दार, दलित समुदायको बाल बालिकाहरुलाई २०५६ सालदेखि साहले निःशुल्क रुपमा ट्युसन पढाउदै आएका छन् ।
आफ्नो घरमा आभाव भए पनि साहले गौर राइस मिलको घरमा उक्त समुदायको बाल बलिकहरुलाई निःशुल्क रुपमा अध्ययन गराउँदै आएका छन् ।
सामाजिक कार्यमा रूचि राख्ने साहले बाल विकासदेखि ८ कक्षा सम्मको बाल बालिकाहरुलाई थप शिक्षा दिदै आएका छन् । समाजमा कपि पिछडिएका बर्ग समुदायको बाल सीसा बालिकालाई शिक्षामा अव्वल बनाउने उद्देश्यले आफूले यस्तो कार्य गर्दै आएको साहले बताए । गौर नगरपालिका वड़ा नम्बर १ का ३० वर्षीय साहले ठाउँको आएका छन् । आर्थिक अभावमा विद्यालय जान नपाउने बाल बालिकाहरुलाई प्राथमिकताको साथ शिक्षा दिने कार्य गर्दै आएको उनले भने ।
किताब, कलम, इरेजर लगायतका शैक्षिक सामग्री समेत दिने गरेको उनले बताए । नेपाली अंग्रेजी विज्ञान गणित सामाजिक व्याकरणसहित + सामान्य ज्ञानको बारेमा अध्ययन २०५६ सालदेखि यस्तो कार्य गर्दै गराउने गरेको साहले बताए ।