84 जना ले पढेको
प्रहरीको गोली लागेर मृत्यु भएका सिम्रौनगढका युवकलाई १ लाख २५ हजार नगद सहयोग गरेः भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादव
बारा, ४ माघ । गत महिना सिम्रौनगढमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका मृतक परिवारलाई मधेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले आर्थिक सहयोग गरेका छन् ।
शिक्षकहरुको शान्तिपूर्ण प्रदर्शन धर्नाको क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका वडा नम्वर १ का २५ बर्षिय युवक लक्ष्मी मुखिया बिनको मृत्यु भएका थिए । मृतक परिवार मुखियाको घरदैलोमा नेपाली काँग्रेसका मधेशप्रदेशका सभापति एवं भौतिक पूर्वाधार विकास मन्त्री यादले एक लाख २५ हजार नगद राशी सहयोग गरेका हुन् ।
मंगलवार भौतिक पूर्वाधार विकास मन्त्री यादव मृतक मुखियाको घरमा उपस्थित भएर विनको परिवारलाई एक लाख २५ हजार नगद रकम दिएर सहयोगथ गरेको नेका प्रचार प्रसार विभागका प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
भौतिक पूर्वाधार विकास मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेको जानकारी दिदै विभागिय प्रमुख गुप्ताले मधेश सरकारबाट हुने यथोचित रुपमा सहयोग गर्न मन्त्री तयार रहेको उनले स्पष्ट पारे ।
शिक्षक आन्दोलनको समयमा कार्यालय प्रमुखलाई हाजिर गराउने बिषयमा आन्दोलन उग्र बन्दा प्रहरीले गोली चलाउदा सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षीय युवक लक्ष्मी मुखिया बिनको मंसिर २७ गते मृत्यु भएको थियो ।